उतारचढावका बीच पौन ९ अंकले बढ्यो नेप्से




काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक उतारचढाव बीच ८.७० अङ्कले बढेको छ । दिउँस १ बजेर १२ सय ६७ अङ्कसम्म पुगेको नेप्से १२९६.४४ अंकमा अडेको छ ।

नेप्सेका अनुसार मंगलबार १६४ कम्पनीको सेयर कारोबार भएको छ । १४ लाख ४० हजार ८ सय कित्ता सेयर खरिद बिक्री भएको छ । ४७ करोड ९९ लाख ८५ हजार रुपैंयाको कारोवार भएको छ ।

बैंक १०.५४, ट्रेडीङ २.९५, विकास बैंक १९.९७, जलविद्युत २२.०७, वित्तीय १.८५, बीमा ३४.९७, उत्पादन मूलक ११.२६, माइक्रो फाइनान्स १९.०१ प्रतिशतले बढेका छन् ।

यसरी नै होटल समूह ६९.५८ र अन्य ५.२९ प्रतिशतले घटेका छन् ।

सूर्योदय लघुवित्तका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाइ गरेका छन् ।

ओरेन्टल होटलका लागनीकर्ताले ९.९२ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु