कालिका माइक्रो क्रेडिट बैंकको २१.२१ प्रतिशत लाभांश



काठमाडौं । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकले २१.२१ प्रतिशत लाभांश दिन भएको छ । बैंकको आठौं साधारणसभाले २१.२१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

बैंकका संचालक समितिका अध्यक्ष इन्जिनियर विष्णुप्रसाद पौड्यालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको छ । बैंकले आर्थिक वर्ष २०७३।०७४ को वार्षिक प्रतिवेदनमाथि छलफल, लेखा परिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७४।७५ को लागि लेखा परिक्षक नियुक्ति गरिएको थियो ।

साथै संचालक समितिले प्रस्ताव गरे अनुसार बोनस सेयरको कर बापतको ९ लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांश वितरणको लागि स्वीकृती दिने प्रस्तावहरु माथि छलफल गरि निर्णय गरेको छ ।

सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पुँजी ८ करोड २५ लाख रुपैयाँको २१.२१ प्रतिशतले हुन आउने १ करोड ७५ लाख रुपैंया बोनस सेयर स्वीकृत गरि बैंकको चुक्ता पुँजी बृद्धि गरि १० करोड पुर्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहोराले बताए ।

सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्वको लागि निर्वाचनबाट सञ्चालकहरुमा विश्वराज नेपाल र करुणा पोखरेल निर्वाचित भएका छन् ।


क्लिकमान्डु