ग्लोबल आइएमई बैंकको थप ३ शाखा रहित बैंकिङ सेवा




काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार ३ स्थानमा शाखा रहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले सिराहा जिल्लाको अर्नमा गाँउपालिका वडा नं. १, धनुषा जिल्लाको पिपरा गाँउपालिका वडा नं. ६, रतौली बजारमा र सोही जिल्लाकै नगर्राइन गाँउपालिका वडा नं. ३, फुलगामा शाखा रहित बैंकिङ सेवा सुरु गरेको हो ।

महानौरमा खोलिएको शाखारहित बैंकिङ सेवाको लागि स्थानिय सिता राम महतो, रतौली बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको लागि स्थानिय सुरेन्द्र कुमार मण्डल र फुलगामामा खोलिएका शाखारहित बैंकिङ सेवाको लागि दिपेन्द्र प्रसाद शाहलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

यसका साथै धनुषा जिल्लाको फुलगामामा खोलिएको शाखारहित बैंकिङ्ग सेवा उद्घाटन समारोहमा त्यस क्षेत्रका बासिन्दामा वित्तीय साक्षरता जगाउने उद्धेश्यले बैंकले ‘वित्तीय साक्षरता कार्यक्रम’ पनि आयेजना गरेको थियो ।

सो वित्तिय साक्षरता कार्यक्रममा ग्लोबल आइएमई बैंकका ‘तालिम तथा बैंक बिज्ञ’ पुर्णमान नापितले उक्त क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तिय संस्थाको आवश्यकता र औचित्यका बारेमा बारेमा जानकारी गराएका थिए ।


क्लिकमान्डु