नविना लामा सांसद भएपछि अखिलमा सुरु भयो नयाँ अध्यक्षको खोजी



 

काठमाडौं । अनेरास्ववियुका केन्द्रिय अध्यक्ष नविना लामा सांसद भएसँगै अखिलमा नयाँ अध्यक्षको खोजी सुरु भएको छ । अध्यक्ष लामा संसदमा निर्वाचित भएकाले अखिलमा नयाँ अध्यक्षको खोजी सुरु भएको हो ।

स्वयम् लामाले अनेरास्ववियुको स्थायी कमिटीको औपचारिक बैठकमा अध्यक्ष नविना लामाले विदा लिने घोषणा समेत गरेकी एक नेता बताउँछन् ।

यस अघि पनि संसदमा निर्वाचित भएका संघठनका अध्यक्षहरुले विभागको जिम्मेवारी छोड्ने गरेको इतिहास अखिलमा छ । २०५१ सालमा तत्कालीन अध्यक्ष रामनाथ ढकाल सांसद भएपछि अखिलबाट राजिनामा दिएका थिए । उनले राजिनामा दिएसँगै हाल नेकमा एमालेका सचिव रहेका योगेश भट्टराई अध्यक्ष बनेका थिए ।

हाल लामा सांसद भएपनि अखिल पुर्नगठन हुनुपर्ने मुद्दा बहसको विषय बनिरहेको छ। नेकपा एमालेका पार्टी ईन्चार्ज रविन्द्र अधकारी पनि पुर्नगठनको गृहकार्यमा लागेको स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष बन्ने दौडमा को-को छन् ?

माधव नेपाल , झलनाथ खनाल समुहबाट सुदेश पराजुली अध्यक्ष बन्ने लाइनमा छन् ।

केपि ओलि समुहबाट रश्मि आचार्य , महेश बर्तौला ,ऐन महर, शैलेष लामा, सुनिता भण्डारी अध्यक्ष बन्ने दौडमा छन् । केपि ओलि समुहबाट ५ जना अध्यक्ष बन्ने लाइनमा भएकाले  कसलाई अध्यक्ष बनाउने विषय विवादमा छ ।

अखिल मिलाउन तथा पार्टीमा नयाँ सन्देश र आम विद्यार्थीमा विद्यार्थी आन्दोलनलाई नयाँ गति दिनका लागि सचिव सुदेश पराजुली अध्यक्ष बनाउनु पर्छ भनेर पुर्व अनेरास्ववियुका अध्यक्षहरु वर्तमान विध्यार्थी नेताहरु लागिरहेका छन् ।

साथै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलिले अनेरास्ववियु नयाँ संन्देश दिन आवश्यक भएकाले गुट भन्दा माथिको निर्णय गरेर पराजुलीलाई अध्यक्ष बनाउन सक्ने एमालेका एक नेता बताउँछन् ।


क्लिकमान्डु