चैत २ गते डिजिटाइजेसन सम्मेलन हुने
काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्युटले ‘डिजिटाइजेसन सम्मेलन’ आयोजना गर्ने भएको छ । सम्मेलन आगामी चैत्र २ गते काठमाडौंमा आयोजना हुदैंछ ।
आहिलेको बदलिदो पारिस्थितिमा सुचना प्रबिधिले मारेको फड्को र नयाँप्रबिधिले ल्याएको चुनौतिलाई बैंकिंग, टेलिकम, सरकारी निकायलगायत संघसंस्थाहरुले आत्मसार गर्नुपर्ने आयोजकले बताएका छन् ।
बैंकिंग साथै , टेलिकम, इन्सुरेन्स आदीबिभिन्नसंग संस्थाहरुले डिजीटल प्रबिधिलाई अप्नाई राणानितिक एवम दुर्गामी सोच लिनुपर्ने आवश्यकता देखिएको आयोजकले बताएका छन् ।
डिजिटाइजेसन जस्तो प्रबिधिक बिषयको परिस्थिति र प्रणालीलाई बुझ्न तथा सम्पूर्ण आर्थीक क्षेत्र, उद्ययोगहरुलाई मध्यानजर राख्दै अन्तराष्ट्रिय अनुभब आदन प्रदान गर्ने उदेस्यले सम्मेलन सान्दर्भिक र समय सापेक्ष हुने आयोजकले बिश्वास लिएका छन् ।
सम्मेलनमा डिजिटाइजेसनको क्षेत्रमा अन्तराष्ट्रिय वक्ता र विज्ञहरुद्वारा पनि सम्बोधन गरिने छ । विज्ञहरुमध्ये कोटाक महेन्द्रा बैंक , इन्डियाका प्रमुख डिजिटल अधिकारी दीपकशर्मा, आइसीआइसीआइ बैंक, इन्डिया पुर्व डिजिटल चैनल एस्पर्ट राहुल जोशि र आरबीएल बैंक, इन्डियाका प्रमुख क्यास म्यानेटमेन्ट एण्ड इलेक्ट्रिोनिक बैंकिङ सलुस राजेश लोहरी रहने छन ।