५०१ रुपैयाँमा एफपिओ निकाल्ने बुटवल पावरको सेयर मुल्य ४९७ रुपैयाँमा आयो



काठमाडौं । प्रतिकित्ता ५०१ रुपैयाँमा थप सार्वजनिक निष्कासन(एफपिओ) निकालेको बुटवल पावर कम्पनीको सेयर मुल्य ४९७ रुपैयाँमा आएको छ ।

बुटवल पावरले निकालेको एफपिओ बिक्री नभएपछि अन्डरराइट कम्पनीले खरिद गर्नुपर्ने भएको छ ।

यसको एफपिओ नेप्सेमा सूचिकृत नहुँदै ४९७ मा झरेको हो । सेयर बजार घट्न थालेपछि यसको सेयर मुल्य एफपिओमा अफर गरिएको मुल्यभन्दा कममा झरेको छ ।

लगानीकर्ताले बुटवल पावरलाई अस्विकार गर्नुको प्रमाण भने सेयर कारोबारले नै दिएको छ ।


क्लिकमान्डु