नेप्से परिसूचक १६.६९ अंकले घट्यो, ३९ करोडको कारोबार



काठमाडौं । नेप्से परिसूचक घट्नेक्रम सोमबारपनि रोकिएन ।

आइतबार करिब ४२ अंकले घटेको नेप्से परिसूचक सोमबार कारोबार खुल्नासाथ केही बढेपनि त्यसपछि भने घटिनै रह्यो ।

सोमबार नेप्से परिसूचक १६.६९ अंकले घटेर १२८७ .७४ विन्दुमा आइपुगेको छ ।
नेप्सेमा सोमबार १५३ कम्पनीको ९ लाख ७७ हजार ४७ कित्ता सेयर किनबेच भएर ३९ करोड ५२ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।

समुहगत परिसूचकमा विकास बैंक समूह ११.४, बीमा समूह ११९.२१, माइक्रो फाइनान्स ४३.७६, बैंकिङ समूह ९.८७, जलविद्युत समूह ४५.४, उत्पादन मूलक समूह ४६.४७, वित्त समूह ६.०९,अन्य समूह १०.१९ अंकले घटेका हुन् ।

व्यापार तथा होटल समूहको परिसूचक भने उकालो लागेको छ । व्यापार समूह ६.८५ तथा होटल समूह २.४८ अंकले बढेको छ ।

सोमबार सबैभन्दा बढी कमाउने लगानीकर्तामा सुर्योेदय लघुवित्तका लगानीकर्ता छन् । सुर्योदयको सेयर मुल्य ९.९६ प्रतिशतले बढेको छ ।

हिमालयन डिस्टिलरीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । हिमालयन डिस्टिलरीको सेयर मुल्य ९.७४ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु