एलजीले निशुल्क एसी सर्भिस क्याम्प लगाउने



काठमाडौं । गर्मीको सुरुवातीसँगै एलजीले निशुल्क एलजी एसी सर्भिस क्याम्प मनाउँने भएको छ ।

क्याम्पमा ग्राहकले जुनसुकै ब्राडको एसी निशुल्क सर्भिसिङ गर्न पाउँने व्यवस्था रहेको छ ।

क्याम्पमा एलजीकै एसी भएमा स्पेयर पार्टसमा समेत विशेष छुट दिइने छ । नयाँ एसी किनेमा अथवा साटेमा विशेष छुट समेत पाउँन सकिने कम्पनीले जनाएको छ ।

पहिलो चरणमा क्याम्पको लागि नारायणगढ, बुटवल,पोखरा,नेपालगंज र धनगढीमा रजिष्ट्रेशन गर्न सकिन्छ ।

यसरी नै दोस्रो चरणमा भने विराटनगर , इटहरी , धरान र विर्तामोडमा रजिस्ट्रेशन गर्न सकिन्छ । पहिलो चरणको रजिस्टेशन फागुन २० देखि चैत्र २ गतेसम्ममा गर्न सकिन्छ ।


क्लिकमाण्डू