यस्ता छन्, ‘हिरो एक्स प्लस बाइक’का विशेषता



काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्वले भर्खरै मात्र सार्वजनिक गरेको हिरो एक्स प्लस मोटरसाइलको चर्चा विश्भर भइरहेको छ ।

हिरो एक्स प्लस एडभेन्चर मोटरसाइकल गत महिना सम्पन्न भारतीय अटो एक्सपोमा सार्वजनिक गरिएको थियो । उक्त मोटरसाइलको अहिले विश्वभर चर्चा भइरहेको छ ।

कम्पनीले तयार पारेको उक्त मोटरसाइकलको हालसम्म पनि व्यवसायिक बिक्री भने सुरु भएको छैन् । तर पछिल्ला ठूलो अटो एक्सपोहरुमा मोटरसाइलको प्रर्दशनी गरिएको छ ।

हेर्दा आर्कषक देखिएको उक्त मोटरसाइकल अफ रोड बाइकको रुपमा विश्वभर कम्पनीले प्रचार गरिरहेको छ । सन् २०१५ मा होन्डाबाट छुट्टिएको हिरोले उत्पादन गरेका मोटरसाइकल मध्ये सवैभन्दा बढी चर्चा विश्वभर यो बाइकले पाइरहेको समेत भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

मोटरसाइकल उच्च पहाडी भु-भागमा सजिलै कुदाउन मिल्ने गरी तयार परिएकाले बढी चर्चा पाएको हो । मोटरसाइलमा राखिएको टायर पनि बलियो र सुक्षित बनाइएको छ । उक्त मोटरसाइल नेपाल जस्तो भू–भागमा लोकप्रिय हुने अनुमान समेत गरिएको छ ।

२ सय सीसीको यो मोटरसाइलको इन्जिन १८.४ पीएसको पावर र १७.१ न्युटनको टर्क जनेरेट हुनेछ । यसमा लामो ट्रेवल सस्पेन्शन र स्पोक विल्ज हुनेछ, जसले अफ रोडिङका लागि सहज बनाउनेछ । यो मोटरसाइकल जस्तो सुकै जोखिमपूर्ण बाटोमा समेत गुड्न सक्ने दाबी कम्पनीले गरेको छ ।

मोटरसाइकलमा ठूलो बेस प्लेट राखिएको छ । भने ले–गार्ड समेत अत्यन्त बलियो राखिएको छ । जसले दुर्घटनामा चालकलाई धेरै सुरक्षित गराउँदछ । मोटरसाइकलमा डिजिटल मिटर तथा ट्यांकीको साइज भने विगतमा हिरोले ल्याएको करिज्मा बाइकको जस्तै तयार पारिएको छ ।

बाइकमा हेडलाइटको क्षमता समेत उच्च रहेको छ । भने वाटर प्रुफ व्याग समेत बाइकमा राखिएको छ । जसका कारण लामो यात्रामा आफ्ना सवै समाग्रीहरु सहजै राख्न सकिन्छ । बाइकमा सिंगल सिलिन्डर इन्जिनको प्रयोग गरिएको छ । जसको क्षमता २०० सीसी देखि २५० सीसी सम्म पु¥याउने लक्ष्य उत्पादक कम्पनी हिरोको छ ।

कम्पनीले रोयल इन्फिल्डको हिमालयन बाइकसंग बाइकको प्रतिस्प्रर्धा हुने समेत दावी गरेको छ । कम्पनीले मूल्य समेत सोही हाराहारी हुने जनाएको छ । नेपालमा रोयल इन्फिल्ड हिमालयनको ५ लाख ६० हजार रुपैयाँ रहेको छ । भारतीय बजारमा १ सय ६२ हजार देखि २ लाख भारतीय रुपैयाँसम्म रहेको छ ।


पुष्प दुलाल