घरजग्गा र सेयरमा जाने कर्जा अनुत्पादक हो : अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले घरजग्गा र सेयरमा जाने कर्जा अनुत्पादक भएको बताएका छन् ।

अर्थमन्त्री भएपछि उनले पहिलो पटक संचारमाध्यमको रुपमा बिबिसी नेपाली सेवालाई दिएको अन्तरवार्तामा उत्पादनमुलक क्षेत्रमा कर्जा विस्तार गर्नुपर्नेमा बताए ।

उनले बैैंक तथा वित्तीय क्षेत्रमका देखिएको तरलता समस्या पुँजी बृद्धिको कारण सिर्जित भएको बताउँदै अन्तराष्ट्रिय बजारबाट पुँजी प्रवेश गराएर पनि तरलता समस्या सामाधान गरिने बताए ।

‘फेरी पनि त्यो पैसा घरजग्गा, सेयर बजार, अटोमोबाइल र उपभोगमा लगानी गर्यो भने त केहि पनि अर्थ हुदैन।’ खतिवडाले बिबिसी नेपालीसँगको अन्तरवार्तामा भने ।

उनले कर्जाको आकार बढाउने अर्को त्यसको गुणात्मक पक्षलाई ध्यानमा दिदै उत्पादनमुलक क्षेत्रमा लगानी बढाए छिट्टै तरलता समस्या समाधान गर्न सकिने उनले विश्वास ब्यक्त गरे।

यस्तै सामाजिक सुरक्षाको विषयमा अर्थमन्त्री खतिवडाले योगदानमा आधारित सामाजिक सुरक्षा व्यवस्था सरकारले ल्याउन लागेको जानकारी गराएका थिए ।

यद्यपी घरजग्गा लगायतका कर्जामा सीमा तोक्ने विषयको अधिकार राष्ट्र बैंकको दायरा भएको र अर्थमन्त्रालयले समग्र अर्थतन्त्रको कुरा मात्र हेर्ने खतिवडाको भनाई थियो ।

उनले १० रुपैयाँ खर्च गर्दा न्यूनतम १२ रुपैयाँसम्म आम्दानी हुने क्षेत्रमा लगानी गर्न नहुँने भन्दै उत्पादन मुलक क्षेत्रमा जोड दिने आफ्नो नीति हुने बताए ।

अर्थमन्त्री खतिवडालाई घरजग्गा,सेयर लगानीकर्ताले यसमा कठोर रहेको व्यक्तिको रुपमा बुझेका छन् ।


क्लिकमान्डु