भिजि अटोमोबाइल्सले ल्यायो सुजुकी इन्टुडर, मुल्य ३ लाख ९ हजार



काठमाडौं । सुजुकी मोटरसाइकलको नेपालका लागी आधिकारिक आयातकर्ता तथा बितरक भिजि अटोमोबाइल्स प्रालीले नयाँ बाइक सुजुकी इन्टुडर प्रस्तुत गरेको छ ।

यही फागुन १५ गते  एक  समारोहका बीच गरिएको यो नयाँ बाइकको बिक्री वितरण कार्यको शुरुवात गरेको छ ।

यो बाइक सुजुकीको क्रुज बाइक समूहको एक नयाँ संरचना हो । सुजुकी इन्टुडर एम १८०० आरको  प्रतिनिधि स्वरुप इन्टुडर १५० सिसि को नयाँ संस्करण बजारमा ल्याइएको हो ।

यसमा इन्टुडर एम १८०० आर.स्टाइलको हेडलाइट, डिजिटल मिटर, तीक्ष्ण र अनुपम दोहोरो निस्कासन, सुविधादायक क्रुज बाइकमा बस्ने पोजिसनसहितको विलासितापूर्ण स्टाइलिङका साथ अद्यावधिक गरिएको छ र यो चालकहरुको सुरक्षाको लागि १५० सिसिको बाइक समुहमा एबिएस प्रणाली जडान गरिएको छ ।