चन्द्रमामा सन् २०१९ मा फोरजी कनेक्सन पुग्ने, तीन कम्पनीहरुले शुरु गरे परियोजना



काठमाडौं, १६ फागुन । आगामी वर्ष चन्द्रमामा पनि फोरजी कनेक्सन जोडिने भएको छ । विश्वका तीन अन्तराष्ट्रिय कम्पनीहरुले चन्द्रमामा आगामी वर्षसम्ममा फोरजी सेवा प्रयोग गर्नेगरि साझेदारी गरेका छन् ।

नोकिया, भोडाफोन र औडीले मून मिशनको माध्यमबाट चन्द्रमामा फोरजी लाने तयारी गरेका हुन् । भोडाफोन जर्मनी, नोकिया र कार निर्माता कम्पनी औडीले कम्पनीहरु मिलेर सो मिशनको लागि काम गरिरहेको जानकारी दिएका हुन् ।

तीनवटै कम्पनीहरुले पहिलो पटक चन्द्रमामा मानव पाईला परेको दिनमा नै ५० वर्षपछि चन्द्रमामा फोरजी कनेक्सन शुरु गर्ने जानकारी दिएका हुन् ।

भोडाफोनले नोकियालाई यसमा प्रविधि साझेदार बनाएको छ जसले स्पेड ग्रेड नेटवर्क तयार गर्नेछ । यसको लागि एउटा विशेष किसिमको हार्डवेयर बनाईनेछ, जसको तौल १ किलोग्राम भन्दा पनि कम हुनेछ ।

भोडाफोनका अनुसार यसको लागि कम्पनीले बर्लिनको पीटीसाइन्टिस्ट कम्पनीका साथमा काम गरिरहेको छ । सन् २०१९ मा स्पेसएक्सको फाल्कन ९ रकेटको माध्यमबाट सो लन्च गरिनेछ । सो परियोजनामा मोबाइल नेटवर्क पूर्वाधारको अत्याधुनिक प्रविधिको प्रयोग गरिनेछ ।

यो परियोजनाको लागि औडीले लुनार रोभर निर्माण गर्नेछ जसले संचारको लागि नेटवर्कको प्रयोग गर्नेछ ।

एजेन्सीको सहयोगमा


क्लिकमान्डु