८ कम्पनीले ५८ करोड रुपैयाँको बुटवल पावरको सेयर किन्नुपर्ने



काठमाडौं । बुटवल पावर कम्पनीले जारी गरेको थप सार्वजनिक निस्कासन(एफपिओ) बिक्री नहुँदा ८ वटा अन्डरराइटर कम्पनीले ५८ करोड रुपैयाँको सेयर किन्नु पर्ने भएको छ ।

एफपिओ बिक्री गर्नु अगाडि बिक्री नभएमा खरिद गर्ने सम्झौता निष्कासनकर्ता कम्पनीले गरेको हुन्छ ।

बुटवल पावर कम्पनीको अन्डरराइटर कम्पनी ८ वटा थिए ।

बुटवल पावरले जारी गरेको ५८ करोड रुपैयाँभन्दा बढी रकम अन्डरराइटरले उठानुपर्ने भएको छ । बुटवल पावरले गत माघ १५ देखि प्रतिकित्ता ५०१ दरले ४० लाख ८१ हजार कित्ता सेयर एफपिओमा बिक्री गर्न लागेको थियो । ४०१ रुपैयाँ प्रिमियम थपेर बिक्री भएको एफपिओ बिक्री नभएको पहिलो रेकर्ड बुटवल पावरले राखेको छ ।

यस अगाडि जारी भएको एफपिओ तोकिएको समयमा बिक्री नभएपछि समय थप भएको थियो । समय थप भएको अवधीमा पनि सर्वसाधरणले एफपिओ नकिनेपछि संस्थागत लगानीकर्ताको लागि बिक्री खुल्ला गरिएको थियो । संस्थागत लगानीकर्ताले पनि एफपिओ नकिनेपछि अन्डरराइट गर्ने ८ वटा कम्पनीले बुटवल पावरको एफपिओ किन्नुपर्ने भएको छ ।

अन्डरराइट गर्ने कम्पनीले बिक्री नभएको सेयर खरिद गर्ने प्रत्याभुत सम्झौता गरेका हुन्छन् । सो अनुसार सबैभन्दा बढी ३२ प्रतिशत सेयर अर्थात २० करोड रुपैयाँर्को एफपिओ एनएमबी क्यापिटले खरिद गर्नुपर्ने छ ।

यस्तै लक्ष्मी क्यापिटलले ६ करोड ९९ लाख १ करोड ७१ लाख,ग्लोबल क्यापिटलले ३४ लाख,ग्लोबल समुन्नत योजनाले २ करोड २८ लाख,नबिल इन्भेष्टमेन्ट बैकिङले ४ करोड २८ लाख,नबिल ब्यालेन्स फण्डले १ करोड ६० लाख र नबिल इक्विटी फन्डले २ करोड ६८ लाख रुपैयाँको एफपिओ खरिद गर्नुपर्ने भएको छ ।


क्लिकमान्डु