सेयर बजारले खेल्यो रातो रंगको होली



काठमाडौं । रंगहरुको पर्व होली सेयर बजारले पनि खेलेको छ । होली बिदाको अघिल्लो दिन नेप्से परिसूचक १८.८२ अंकले घटेर १३४५.९९ बिन्दुमा झरेको छ ।

कारोबार भएका सबै समूह ओरालो लागेर होलीको रातो रंग खेलेजस्तै देखिएका छन् । होलीमा प्रमुख रुपमा रातो रंग प्रयोग हुन्छ ।

त्यसपछि अरु रंगसँगै हरियो रंग प्रयोग हुनेपनि सेयर बजारले रातो रंगनै खेल्न रुचायो । हरियो रंग प्रयोग खेलेर लगानीकर्तालाई रातो रंगको होली खेल्न सेयर बजारले साथ भने दिएन ।

नेप्सेमा बुधवार ५४ करोड रुपैयाँको कारोबार भएको छ । १६० कम्पनीको सेयर किनबेच भएको छ ।

कारोबार रकमको आधारमा सबैभन्दा बढी प्रभु बैंकको ६ करोडको कारोबार भएको छ । सबैभन्दा बढी कमाउनेमा सुर्योदय लघुवित्तका लगानीकर्ता छन् भने गुमाउनेमा सिभिल बैंकका लगानीकर्ता रहेका छन् ।


क्लिकमान्डु