नेपाल टेलिकमले ल्यायो ‘होली अफर’, डाटा र भ्वाइस अनलिमिडेट चलाउन पार्इने



काठमाडौं। होली पर्वको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘होली अफर’ उपलब्ध गराउने भएको छ । फागुन १७ र १८ गते मनाइने होलीको अवसर पारेर कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले सो अफरको उपयोग गर्न सक्ने छन् ।

सो अफर बिहिवार फागुन १७ देखि चैत १ गते सम्म खरिद गरी उपभोग गर्न सकिने छ ।

अनलिमिटेड भ्वाइस नाइट कल

कम्पनीले राती १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अनलिमिटेड भ्वाइस नाइट कल अफर उपलब्ध गराउने भएको छ । सो अफर ३५ रुपैयाँमा खरिद गर्न सकिने छ र ३ दिन सम्म कल गर्न सकिने छ ।

अनलिमिटेड अल टाइम डाटा

त्यसैगरी ५० रुपैयाँमा अल टाइम अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । डाटा खरिद गरेको २४ घण्टा सम्म यसको प्रयोग गर्न सकिन्छ । १ जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ ।

अनलिमिटेड नाइट डाटा

एक रातका लागि मात्र प्रयोग गर्नका लागि अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध हुनेछ । सो नाइट डाटा प्याक १५ रुपैयाँमा राती १० देखि विहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ । १ जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ ।

अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस

अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर खरिद गरे पछि एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस गर्न र डाटा चलाउन सकिने छ । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने छ ।


क्लिकमान्डु