बिक्री नभएको हकप्रद सिभिलले बोलकबोलबाट बेच्ने



काठमाडौं । सिभिल बैंकले बिक्री नभएको हकप्रद सेयर बोलकबोल प्रक्रियाबाट बेच्ने भएको छ ।

बैंकले जारी गरेको हकप्रदमा ३२ लाख ४४ हजार ६०० कित्ता संस्थापक सेयर र ९ लाख ५४ हजार ३५८ कित्ता साधारण सेयर बिक्री भएको थिएन ।

बैंकले बोलकबोल प्रक्रियाबाट सेयर किन्न चाहनेले फागुन २३ देखि चैत १ सम्म लक्ष्मी क्यापिटल काठमाडौं र काठमाडौं बाहिर विरगंज, विराटनगर, बुटबल, पोखरा ,सुर्खेत नेपालगंज , धनगढीमा रहेका लक्ष्मी बैंकको शाखा मार्फत भर्न सकिने जनाएको छ ।

न्यूनतम १०० रुपैयाँ प्रतिकित्ता दरको बोलकबोल प्रक्रियाबाट यो सेयर बिक्री हुने छ ।


क्लिकमान्डु