सस्तो सेयर खोज्दै हुनुहुन्छ ? यी हुन् २ सयभन्दा सस्तोमा पाइने ३५ कम्पनीका सेयर




काठमाडौं । कुनै पनि कम्पनीको सेयरमा लगानीकर्ता आकर्षित हुने पहिलो शर्त कम्पनीले दिने प्रतिफल नै हो । राम्रो कम्पनीले राम्रो प्रतिफल दिन्छ । राम्रो प्रतिफल दिने कम्पनीको सेयर मूल्य तुलनात्मक रुपमा महंगै हुने गर्छ ।

यो सामान्य सिद्धान्त मात्रै हो । नेपालमा मात्र होइन, संसारभरकै पुँजी बजारमा कुनै पनि कम्पनीको बारेमा चलेको एउटा सानो हल्ला वा कुनै सामान्य जानकारीले पनि सो कम्पनीको सेयर मूल्यमा ठूलो उतारचढाब आउन सक्छ ।

नेपालको पुँजी बजारले धेरै कुरा सिक्न बाँकी छ भन्नेहरु पनि छन् । कुनै बेला राम्रा कम्पनीको सेयर मूल्य पनि निकै कम हुने गर्छ भने कुनै बेला नराम्रा कम्पनीको सेयर मूल्य पनि आकाशिने गर्छ । यस्तै आधारलाई लिएर नेपाली पुँजी बजारले धेरै कुरा सिक्न बाँकी छ भनिएको हुनसक्छ ।

हामी तपाइलाई आज प्रतिकित्ता २ सय रुपैयाँभन्दा सस्ता सेयरको बारेमा जानकारी दिदैछौं । कम्पनीको बारेमा हामीले कुनै जानकारी दिएका छैनौं । हामीले मंगलबार सेयर कारोबार बन्द हुँदा कायम भएको अन्तिम मूल्यलाई आधार मानेर यो सुचना दिइएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार अरुण फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १५५ छ । यो मूल्य आइपिकोभन्दा ५५ रुपैयाँले मात्रै बढी हो ।

यस्तै अरुण भ्याली हाइड्रो पावरको सेयर मूल्य प्रतिकित्ता १८४ रुपैयाँ,बरुण हाइड्रो पावरको प्रतिकित्ता १७९ रुपैयाँ, बेष्ट फाइनान्सको प्रतिकित्ता १२३ रुपैयाँ र सेन्ट्रल फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १३९ रुपैयाँ छ ।

यस्तै सेन्चुरी कमर्शियल बैंकको सेयर मूल्य प्रतिकित्ता १८७ रुपैयाँ छ । छ्याङ्दी हाइड्रोपावरको १७१ रुपैयाँ, सिभिल बैंक १७१ रुपैयाँ, देबः विकास बैंक १७३ रुपैयाँ, दिब्यश्वरी हाइड्रोपावरको १३२ रुपैयाँ र गुडविल फाइनान्सको प्रतिकित्ता १४७ रुपैयाँ सेयरमूल्य छ ।

नेप्सेले दिएको जानकारी अनुसार ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता १७८ रुपैयाँ, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको १६१ रुपैयाँ, गुर्खाज फाइनान्सको १२८ रुपैयाँ, हाम्रो विकास बैंकको १६१ रुपैयाँ, जलविद्युत लगानी तथा विकास कम्पनीको १६३ रुपैयाँ र जानकी फाइनान्सको १६८ रुपैयाँ मूल्य छ ।

यस्तै जनता बैंकको सेयर मूल्य प्रतिकित्ता १७५ रुपैयाँ, ज्योति विकास बैंकको १५२ रुपैयाँ, कामना सेवा विकास बैंकको १६१ रुपैयाँ, कन्काइ विकास बैंकको १४८ रुपैयाँ, कर्णाली डेभलपमेन्ट बैंकको १२९ रुपैयाँ, खानीखोला हाइड्रोपावरको १३२ रुपैयाँ, लुम्बिनी विकास बैंकको १६३ रुपैयाँ, महालक्ष्मी विकास बैंकको १८६ रुपैयाँ र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १४४ रुपैयाँ छ ।

ओम डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता १९७ रुपैयाँ, पोखरा फाइनान्सको १६२ रुपैयाँ, रिलायन्स फाइनान्सको १३२ रुपैयाँ, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४१ रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको १३६ रुपैयाँ, साग्रिला डेभलपमेन्ट बैंकको १८९ रुपैयाँ, सिन्धु विकास बैंकको १४९ रुपैयाँ, सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको १४५ रुपैयाँ र वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १२३ रुपैयाँ छ ।


क्लिकमान्डु