थप तीन उद्योगका ग्यास सिलिन्डरले एनएस चिन्ह पाउँदै, ४९ उद्योगले चासै देखाएनन्




काठमाडौं । गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर (एनएस) प्रमाणपत्र नलिएका ग्यास कम्पनीको सिलिन्डर बिक्रीमा रोक लगायपछि ग्यास कम्पनीहरुले एनएस प्रमाणपत्र लिनका लागि आवेदन दिन थालेका छन् ।

विभागमा आवेदन दिएकामध्ये ३ वटा उद्योगका सिलिन्डरले सशर्त एनएस चिन्ह पाउन लागेका छन् । एनएस चिन्ह दिन लागिएका ३ वटा उद्योगले आवश्यक कागजात सबै बुझाइ नसकेकोले सबै कागजात बुझाएर एनएस चिन्ह लिन भनिएको विभागकी उपमहानिर्देशक रोमी मान्नधरले बताइन् ।

हालसम्म ती ग्यासहरुले अझै पूर्ण कागजपत्रहरु नबुझाइसकेका कारण सबै प्रमाणपत्र बुझाउने सर्तमा अहिले ३ वटा सिलिन्डरलाई एनएस प्रमाणपत्र दिन लागिएको हो ।

‘उनीहरुले पुरा कागजपत्र नबुझाएकोले हामीले अहिलेसम्म प्रमाणपत्र दिएका छैनौं, सबै कागजपत्र बुझाउने सर्तमा एनएस चिन्ह दिने निर्णय भएको हो’ मानन्धरले क्लिकमाण्डूसँग भनिन् ।

विभागले एनएल ग्यास उद्योग बारा, मेट्रो काठमाडौं ग्यास धादिङ र जानकी ग्यास गैडाकोटलाई सम्पूर्ण कागजपत्र बुझाउने शर्तमा एनएस प्रमाणपत्र दिन लागेको हो ।

यसअघि ४ वटा ग्यासहरुले मात्र एसएस प्रमाणपत्र पाएका थिए । यसअघि मनोज ग्यास, नेपाल ग्यास, श्रीकृष्ण ग्यास र साईबाबा ग्यासले एनएस प्रमाणपत्र लिइसकेका छन् ।

४९ वटा ग्यास उद्योगहरुले हालसम्म निवेदन पठाए पनि आवश्यक कागजपत्रहरु बुझाउन नसकेका कारण एनएस प्रमाणपत्र पाउन सकेका छैनन् ।

विभागले हालसम्म कोशी ग्यास उद्योग हात्तीमुडा मोरङमा २ पटक निरीक्षण गरेको छ । यस्तै नोबेल ग्यास धनुष, श्रीराम ग्यास धादिङ, त्रिसुली ग्यास, सिद्धनाथ ग्यास, सगरमाथा ग्यास काभ्रे, नमस्ते ग्यास धादिङ, सूर्य ग्यास काभ्रे, चन्डेश्वरी ग्यास काभ्रे, जगदम्बा ग्यास बारा, अम्बे ग्यास बारा र नेपाल ग्यास बाराको विभागले एक पटक स्थलगत निरीक्षण गरेको छ ।

विगभाले मारुती ग्यास सुनसरी, रिजालको ग्यास मोरङ, सत्यनारायण ग्यास धादिङ, ओम ग्यास, भानु ग्यास धादिङ, गौरिशंकर ग्यास काभ्रे, बुटवल ग्यास र सिद्धर्थ ग्यास उद्योगलगायत १३ ग्यासहरुमा पनि विभागले एक पटक मात्र निरीक्षण गरेको छ ।

यस्तै श्री ग्यास धादिङ, बाबु ग्यास चितवन, गीता ग्यास धादिङ, कबसन्स् ग्यास धादिङ, हिमालयन पेट्रो केमिकल रुपन्देही, आरती ग्यास, राप्ती ग्यास, राजधानी ग्यास, मनकामना ग्यास, पन्च महालक्ष्मी ग्यास र त्रिबेणी ग्यासहरुले कागपत्रहरु बुझाएका विभागले जानकारी दिएको छ ।

अर्घखाँची ग्यास, प्रिमा ग्यास, साहारा ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास, गृहलक्ष्मी ग्यास, शक्ति ग्यास, नारायणी ग्यास, लुम्बीनी ग्यास, भेरी ग्यास, पाथिभरा ग्यास, लिओ ग्यास, पराजुली एण्ड ब्रदरस् ग्यास, कन्काइ ग्यास, उग्रचन्डी ग्यास, मेची ग्यास, सुपर ग्यास र रोयल मल्टी लुक कन्सर्नले एनएस चिन्ह लिनको लागि आवश्यक कागजपत्र नबुझाएका विभागको भनाइ छ ।


क्लिकमान्डु