सांग्रिला बैंकका ग्राहक, सेयरधनी, कर्मचारीलाई एपोलो अस्पतालमा उपचार गराउँदा १०% छुट



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, शेयरधनी र कर्मचारी र तिनका परिवारले एपोलो अस्पतालमा उपचार सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् ।

मंगलबार अन्नपूर्ण होटलमा एक कार्यक्रमको आयोजना गरी बैंकमा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र हस्पिटलका प्रवनध निर्देशक अशोक बाजपाइले यस्तो सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतामा हस्ताक्षर भएसँगै सांग्रिला बैंकका ३ लाख भन्दा बढी ग्राहक, १५ हजार भन्दा बढी शेयरधनी र ४ सयभन्दा बढी कर्मचारी र तिनका परिवार प्रत्यक्ष लाभान्वित हुने बैंकको विश्वास छ ।

तर, यो सेवा लिन बैंकको भिसा डेबिट कार्ड लिएको हुनुपर्नेछ ।

एपोलो हस्पिटलको काठमाडौंस्थित सूचना केन्द्रबाट सेवाग्राहीले सिधै समन्वय गर्न सक्ने र उपचारको लागि जानु पर्दा अग्रिम समय लिएको खण्डमा विमानस्थलबाट हस्पिटल वा होटलसम्म यातायातको सुविधा पनि हस्पिटलले नै दिने सम्झौतामा उल्लेख छ ।

अन्नपूर्ण होटलमा भएको कार्यक्रममा बैंकमा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र हस्पिटलका प्रवनध निर्देशक अशोक बाजपाइले हस्ताक्षर गरे ।

कार्यक्रममा बोल्दै बाजपाइले एपोलो हस्पिटल दक्षिण एसियाकै उत्कृष्ट हस्पिटल भएको बताए । कार्यक्रममा बैंकमा अध्यक्ष प्रा। डा। रविन्द्रप्रसाद श्रेष्ठले समझौताले बैंकका ग्राहकसहित समग्र नेपालीलाई नै स्तरीय उपचारका लागि सहज हुने विश्वास व्यक्त गरे ।


पुष्प दुलाल