जनताको सहभागितामा भूगोल पार्क संरक्षण गर्ने काठमाडौं महानगरपालिको तयारी



काठमाडौं । काठमाडौं महानगरपालिकाले भूगोल पार्क संरक्षण गर्ने भएको छ । महानगरपालिकालले भूगोल पार्क संरक्षण तथा सम्बद्र्धन गर्नका लागि व्यक्ति, संघसंस्था, फार्मलगायतसँग आवश्यक डिजाईन, चित्र तथा अनुमानित लागत सहितको प्रस्ताव माग गर्ने तयारी गरेको हो ।

जनतालाई ऐतिहासिक तथा धार्मिक महत्वका सम्पदाको संरक्षणमा सहभागी गर्नका लागि डिजाईन, चित्र तथा अनुमानित लागत सहितको प्रस्ताव माग गर्न लागिएको महानगरपालिकाको सार्वजनिक निजी साझेदारी इकाई निर्देशक महेश काफ्लेले जानकारी दिए ।

भूगल पार्क काठमाडौं महानगरपालिकाको २२ नम्बर वडामा अवस्थित छ । पार्कमा ५ सय बर्ष पूरानो बृद्धको मूत्र्ति रहनुका साथै कुनै समय नेपाली साहित्कारहरु जमघट हुने स्थानको रुपमा प्रसिद्ध छ ।

‘भूगोल पार्क ऐतिहासिक तथा धार्मिक हिसावले महत्वपूर्ण पार्क हो, पार्कलाई जनसहभागितमा संरक्षण गर्नका लागि आवश्यक डिजाईन, चित्र तथा अनुमानित लागत सहितको प्रस्ताव माग गर्न लागिएको हो,’ निर्देशक काफ्लेले क्लिकमाण्डूसँग भने ।

भूगल पार्क काठमाडौं महानगरपालिकाको २२ नम्बर वडामा अवस्थित छ । पार्कमा ५ सय बर्ष पूरानो बृद्धको मूत्र्ति रहनुका साथै कुनै समय नेपाली साहित्कारहरु जमघट हुने स्थानको रुपमा प्रसिद्ध छ ।

महानगरपालिकाको चालु आर्थिक बर्षको बजेट तथा योजना कार्याक्रममा भूगोल पार्क संरक्षण गर्ने कुरा उल्लेख गरिएको छ । सोहि योजना अनुसार सार्वजनिक निजी साझेदारी इकाईले भूगोल पार्क संरक्षणका लागि काम अगाडि बढाउन लागेको हो ।

भूगोल पार्क संरक्षण गर्न इच्छुक व्यक्ति, व्यक्ति, संघसंस्था तथा फार्मलगायतले भौतिक उपस्थिति बिना डिजाईन, चित्र तथा अनुमानित लागत महानगरपाकिलाई बुझाउन सक्नेछन् । जसका लागि सम्बन्धित निकायले [email protected] मा मेल गर्न सक्नेगरी व्यवस्था मिलाइएको महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरपालिकामा प्रस्ताव भएको उत्कृष्ट डिजाई तथा चित्रका आधारमा भूगोल पार्कको संरक्षणको काम अगाडि बढाईने निर्देशक काफ्ले बताउँछन् । उत्कृष्ट हुने डिजाईन तथा चित्रलाई महानगरपालिकाले उच्च कदर सहित सम्मान गर्ने व्यवस्था मिलाइएको काफ्लेले बताए ।


क्लिकमान्डु