अर्थमन्त्री डा खतिवडालाई बधाई दिदै बाबुराम भट्टराई र रामशरण महतले यसो भने



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडालाई बधाई दिदै पूर्वमन्त्रीद्वय डा बाबुराम भट्टराई र डा रामशरण महतले सुझाव दिएका छन् ।

माइक्रो ब्लगिङ साइट ट्वीटरमा सुझाव दिदै पूर्व प्रधानमन्त्री डा भट्टराईले उत्पादन बढाउने नीति ल्याउन भनेका छन् ।

उनले ट्वीट गर्दैै भने,‘नयाँ अर्थमन्त्रीले राष्ट्रियधन्धा बनेको पैसा खेलाएर पैसा कमाउनेसजग्गा किनेर जग्गा बेच्नेसपैसाले सत्ता किन्ने,सत्ताले पैसा कमाउनेसप्रवृत्तिलाई कडासंग रोक्दै उत्पादन बढाऊ,नाफा कमाऊ,कर बुझाऊु,भ्रष्ट र कमिसनखोर,बस सदरखोरु,दुइ अंकको वृद्धिदर,दुइ दशक निरन्तरु नारा लागू गरे देश बन्छ।’

यस्तै पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता डा महतले ट्वीट गर्दै भने,‘नबनियुक्त अर्थमन्त्री युवराज खतिवडा लगायत सबै मन्त्रीजीहरूलाई बधाई कार्यकाल सफल रहोस । ‘ 

२०६५ सालमा अर्थमन्त्री बनेका भट्टराई अर्थमन्त्री हुदा राजस्व संकलनमा सफल भएका थिए । सबैभन्दा बढी अर्थमन्त्री बन्ने रेकर्ड राखेका महतको नीति अनुसार अहिले देश चलिरहेको छ । महतले ल्याएको उदारिकणको नीति मै अहिलेसम्म देशको अर्थिक नीति चलेको छ ।

महतको नीतिसँग डा भट्टराई र हालका अर्थमन्त्री खतिवडाको केही फरक मत छ । अर्थमन्त्री खतिवडा कडा नियमन सहितको खुला बजार नीतिका पक्षपाती हुन् ।


क्लिकमान्डु