स्टाइल र कम्फोर्टका लागि यामाहाका स्कूटर सबैभन्दा बढी लोकप्रिय




काठमाडौं । भर्खरै गरिएको एउटा स्वतन्त्र अध्ययनमा नेपाली बजारमा उपलब्ध स्कुटरमध्ये यामाहाका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि सबैभन्दा बढी रुचाइने गरेको दाबी गरिएको छ ।

रिसर्च संस्था मिडिया रिचले गरेको अध्ययनमा चालकहरुले यामाहाका स्कुटरको ‘स्टाइल’ र ‘कम्पोर्ट’ लाई सबैभन्दा बढी मन पराएको दाबी गरिएको हो ।

‘हामीले भर्खरै स्टाइल, कम्फोर्ट, माइलेज, पिकअप जस्ता गुणलाई प्राथमिकतामा राखेर बजारमा उपलब्ध विभिन्न ब्रान्डका स्कुटरप्रति ग्राहकको रुचीबारे एउटा बृहत अध्ययन गरेका थियौं, यसमा यामाहाका स्कुटरहरु स्टाइल र कम्फोर्टका लागि ग्राहकले सबैभन्दा रुचाएको पायौं,’ मिडिया रिचका निर्देशक मिरेश अधिकारीले भने ।

उनले स्कुटरप्रति नेपालीको हेराइमा आमुल परिवर्तन आएको पनि बताए । ‘पहिले स्कुटरलाई फिमेल राइडको रुपमा लिइन्थ्यो, अहिले यसलाई पुरुषले पनि उत्तिकै रुचाइएको पाइयो,’ अधिकारीले भने ।

एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले ग्राहकको यस्तो धारणाप्रति धन्यवाद व्यक्त गरे । नेपालमा यामाहाका स्कूटर तथा मोटरसाइकल एमएडब्लु इन्टरप्राइजेजले विक्री वितरण गर्दै आएको छ ।

‘यो हाम्रो लागि ठूलो उपलब्धीको कुरा हो, यामाहा ब्रान्डप्रति ग्राहकले दिनु भएको विश्वास, स्नेह र साथप्रति हामी हृदयदेखि आभारी छौं,’ अग्रवालले भने ।

उनले आफूहरुले जे गरेपनि ग्राहकको सुविधा अनि सन्तुष्टीका लागि नै भएको भन्दै एमएडब्लु र ग्राहकबीचको यो सम्बन्ध अबिरल र अटुट रहोस् भन्ने उनको कामना छ ।

एमएडब्लुले सन् १९७५ बाट यामाहाका मोटरसाइकल र ६ वर्षअघिबाट स्कुटरलाई नेपालमा आधिकारिक रुपमा भित्र्याउन थालेको थियो । छोटो अवधिमा यामाहाका स्कुटर नेपाली ग्राहकमाझ लोकप्रिय बनिसकेको इन्टरप्राइजेजको दाबी छ । डिजाइन र प्रविधिमा यामाहाको नविनतम प्रयोगले गर्दा विश्व बजारमा नै यामाहाको स्कुटर चर्चित छ । यामाहाको इन्जिनियरिङले स्कुटरलाई स्टाइलिस र स्पोर्टी भिजुअल अपिल मात्र दिँदैन, यसले हरेक राइडलाई आरामदायी र रोमाञ्चकारी समेत बनाउने बताइएको छ ।

नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन् । यी स्कुटरहरु विभिन्न उमेर र फरक पेसामा आबद्ध महिला पुरुषलाई सुहाउने गरी तयार पारिएका कम्पनीको भनाइ छ । यामाहा स्कुटरमा प्याटेन्डेट ब्लुकोर टेक्नोलोजीजडित इन्जिन छ, जसले स्कुटरको पर्फमेन्स र माइलेजलाई पनि बढाउँछ ।

यसैबीच, यामाहाले ‘एसस्कुटर’ नामको अभियान सुरु गरेको छ । मानिसहरुको दैनिकी सहज बनाउन स्कुटरले निर्वाह गरेको भूमिकालाई कदर गरेर एमएडब्लुले यो अभियान थालेको हो । यो अभियानमा स्कूटर डे मनाउनेदेखि स्कूटर चालकलाई सम्मान गर्नेसम्मको कार्यक्रम रहेको एमएडब्लुले जानकारी दिएको छ ।

किन चाहिन्छ ‘स्टाइल’ र ‘कम्फोर्ट’ ?
स्कुटर विशेषगरी युवा पुस्ताले रुचाउने साधन हो । यो फिमेल भेहिकलभन्दा पनि ‘युनिसेक्स्युअल भेहिकल’ बनिसकेको छ । आजकलका टिनएजर आफ्ना स्टाइलप्रति निकै सचेत छन् । त्यसैले आफ्नो स्टाइलसँग म्याच हुने साधन उनीहरु रुचाउँछन् ।

मिस नेपाल २०१७ निकिता चन्दक स्टाइललाई फेसनसँग मात्र होइन कन्फिडेन्स यानि आत्मविश्वाससँग जोडेर हेर्नुपर्ने बताउँछिन् ।

‘जो स्टाइलिस देखिन्छ उही सबैभन्दा कन्फिडेन्ट हुन्छन्, कन्फिडेन्सविनाको फेसन फेसन हुँदैन,’ उनी भन्छिन् ।

त्यसैगरी, ‘कम्फोर्ट’ भनेको आराम हो । आरामको प्रत्यक्ष सम्बन्ध मानव स्वास्थ्यसँग हुने हाडजोर्नी विशेषज्ञ डा. श्रीकृष्ण अवाल बताउँछन् ।

‘स्कुटर आरामदायी भएन भने यात्रा तनावपूर्ण हुन्छ र तनावपूर्ण यात्रा सुरक्षित कदापी हुन सक्दैन,’ डा. अवाल भन्छन् ।

डा. अग्रवालका अनुसार स्कुटर चलाउँदा बडी पोजिसन राम्रो भएन भने हाडमा असर गर्छ । यस्तो असरले ढाड दुख्ने र कम्मर दुख्ने समस्या निम्तिन सक्ने र यो समस्या दीर्घकालीन समेत हुनसक्ने उनको भनाइ छ ।


क्लिकमान्डु