घर बसीबसी यसरी दिन सकिन्छ सवारी लाइसेन्सको आवेदन



काठमाडौं । हालैमात्र यातायात व्यवस्था विभागले लाइसेन्सका लागि अनलाइन आवेदन खुल्ला गरेको छ । अब तपाईंलाई कसरी अनलाइन आवेदन दिने भन्ने जिज्ञासा हुनसक्छ ?

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन दिन यातायात व्यवस्था विभागको (डब्लुडब्लुडब्लुडट डिओटिएम डट जीओभी डट एनपी) https://www.dotm.gov.np/vrs/ वेबसाइट खोल्नुपर्छ ।

वेबसाइटको होम पेज खुल्छ । आवेदकले होम पेजमा यातायात व्यवस्था विभागको चिनारी मुनी रहेको ‘सवारी चालक अनुमति पत्र’ लिंकमा क्लिक गर्नुपर्दछ । त्यहाँ ‘ड्राइभिङ लाइसेन्स अनलाइन’ रजिस्ट्रेसनमा क्लिक गर्नुपर्छ ।

त्यसपछि ’सिटीजनसिप’ मा नेपाल छानेर प्रोसिड गर्नुपर्छ । त्यसपछि त्यहाँ खुल्ने डेमोग्राफिक डिटेलमा आफ्नो व्यक्तिगत विवरण भर्नुपर्दछ ।
त्यसपछि त्यहा मागेको स्थायी ठेगाना, जन्म मिति, आफुले कुन चाहि वर्गको सवारी साधनका लागि आवेदन दिन लागेको हो त्यसको वर्ग, आफुले आवेदन दिन लागेको, अञ्चल, लाइसेन्स कार्यालय छान्नुपर्दछ । अनलाइनले मागेको सबै विवरण भरी सबमिटमा क्लिक गर्नुपर्दछ ।

अनलाइनमा फारम भरेर विभागको सिस्टमले एक्सेप्ट गरेपछि आवेदकले भरिएको पेपर प्रिन्ट गरी आफुसँग राख्नुपर्छ । तोकिएको समयमा आवेदक उक्त फारम सहित बायोमेट्रिक दिनका लागि सम्वन्धित यातायात कार्यालयमा पुग्नुपर्छ । बायोमेट्रिकमा आवेदकको फोटो खिच्ने, औंठाको छाप लिने लगायतका कामहरु गरिन्छ ।

अनलाइनमा आवेदन दिएपछि सिस्टमले नै विभागको कार्यालयमा कहिले उपस्थित हुने भनेर सूचना दिन्छ । त्यसपछि फारम, आफ्नो नागरिकता र अन्य कागजातका साथमा उपस्थित हुनुपर्छ ।


पुष्प दुलाल