कतार एयरवेजद्धारा काठमाडौंदेखि अष्ट्रेलियाको क्यानबेरासम्म हवाई सेवा शुरु



काठमाडौं । कतार एयरवेजले नेपालबाट अष्ट्रेलियाको राजधानी क्यानबेरा जान चाहने यात्रुलाई लक्षित गरेर हवाई सेवा सुरु गरेको छ।

सो सेवा अन्तरगत यात्रुले नेपालबाट कतारको दोहाहुँदै क्यानबेरासम्मको टिकट काटेर सिधै यात्रा गर्न सक्ने कम्पनीले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

यसरी टिकट काट्दा काठमाडौं दोहासम्म तथा अन्य देशबाट दोहा टर्मिनल आएका एयरवेजकै विमानले नेपाली यात्रुलाई क्यानबेरासम्म लैजाने कम्पनीले जनाएको छ।

कतार एयरवेजले अष्ट्रेलियामा उडान भर्ने पाँचौँ गन्तब्य हो। यसअघि सोही व्यवस्थाबाट क्यानबेराबाहेक मेलबर्न, सिडनी, एडलेइड र पर्थमा समेत उडान भर्दै आएको थियो।

कम्पनीका कन्ट्री म्यानेजर जयप्रकाश नैरले क्यानबेरासम्मको सेवा सुरु गर्न पाएकोमा आफूहरु उत्साहित रहेको बताए।

नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर ग्रेम बडले कतार एयरवेजले सुरु गरेको क्यानबेरासम्मको सेवाले काठमाडौं र अष्ट्रिे लियालाई सांस्कृतिक, पर्यटकिय तथा शैक्षिक दृश्टिकोणबाट जोड्न थप सघाउ पुग्ने उल्लेख गरे। उनले २४ हजार भन्दा बढि नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा अध्ययनरत रहेको र यो सेवाबाट उनीहरु लाभान्वित हुने बताए ।


क्लिकमान्डु