एकाबिहानै आयो बीपीसीको २३०० कित्ता सेलिङ अर्डर, ५३५ पनि पाइएन किन्ने मान्छे




काठमाडौं । मंगलबार बिहान बजार खुल्ने वित्तिकै नेपाल स्टक एक्सचेन्जमा बुटबल पावर कम्पनी (बीपीसी) को करिब २३ कित्ता सेयर बिक्रीको लागि राखिएको छ । जसको न्यूनतम मूल्य प्रतिकित्ता ५३५ रुपैयाँ छ ।

बीपीसीले अहिले प्रतिकित्ता ५०१ रुपैयाँमा एफपिओ बिक्री गरिरहेको छ । एक महिनादेखि सो मूल्यमा बेच्न राखिएको बीपीसीको एफपिओ सर्बसाधारणले मात्रै होइन, संस्थागत लगानीकर्ताले पनि सबै नकिन्ने सम्भावना छ ।

बीपीसीको विक्री प्रबन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार उसको अझै ५४ करोड रुपैयाँभन्दा बढीको एफपिओ बिक्री भएको छैन । दोस्रो बजारको सेयर मूल्य र एफपिओको मूल्य करिब उस्तै भएको सम्भवतः नेपाली पुँजी बजारको इतिहासमै यो पहिलो पटक हुन सक्छ ।

कम्पनीले १ अर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरको एफपिओ बिक्री गरिरहेको छ । एफपिओ बिक्री खुल्ला गरिएको १ महिना पुगेकोले मंगलबार बैंकिङ कारोबार समय पछि सो बिक्री नभएको एफपिओ प्रत्याभूतिकर्ता कम्पनीले किन्नुपर्नेछ ।

बीपीसीको सेयर मूल्य र सेलिङ अर्डर संख्या हामीले मंगलबार बिहान ११ बजेर २५ मिनेट जादाको लिएका हौं ।


क्लिकमान्डु