सिजी मोबाइल्सद्वारा नयाँ स्मार्टफोनहरु ओमेगा ३ र ब्लेज एन सार्वजनिक



काठमाडौं । सिजी मोबाइल्सले बजेट सेगमेन्टको दुई नयाँ स्मार्टफोनहरु ओमेगा ३ र ब्लेज एन सार्वजनिक गरेको छ । ओमेगा ३ बेजेल लेस डिस्प्ले र १८ः९ डिस्प्ले रेसियोका साथमा आउँछ जसको अकल्पनिय मूल्य ७ हजार ८ सय ४९ रुपैयाँ छ । ओमेगा ३ मा ७६ प्रतिशतको स्क्रीन टू बडि रेसियो, प्रयोगकर्ताहरुका लागि अतुलनीय अनुभव प्रदान गर्दछ । ओमेगा ३ यो सेगमेन्टको पहिलो स्मार्टफोन हो जसमा १८ः९ इन्फिनिटी डिस्प्ले राखिएको छ ।

ओमेगा ३, ड्यूल सिम भएको स्मार्टफोन जून नगेट ७.० मा आधारित रहेर संचालन हुन्छ । यसमा १.२ गीगाहर्ज क्वाड कोर प्रोसेसर छ जून १ जीबी र्यामका साथमा आउँछ । ओमेगा ३ मा ५ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने सेल्फीका लागि अग्रभागमा २ मेगापिक्सेलको ड्यूल फ्ल्याशसहितको क्यामरा छ । स्टोरेजका लागि ओमेगा ३ मा ८ जीबीको आन्तरिक स्टारेज छ, जसलाई माइक्रो एसडी कार्डको साथमा ३२ जीबीसम्म बढाउन सकिन्छ ।

कनेक्टिभिटीका लागि थ्रीजी कनेक्टिभिटी, ब्लूटूथ, जीपीएस र एफएम छ । ओमेगा ३ को तौल १ सय ६३ ग्राम छ जसमा २ हजार ३ सय एमएएचको शक्तिशाली ब्याट्री रहेको छ ।

अर्को स्मार्टफोन, ब्लेज एन ड्यूल सिम ह्याण्डसेट हो जुन एन्ड्रोयड नगेट ७.० भर्सनमा संचालन हुन्छ । यो फोन १.२ गीगाहर्ज क्वाड कोर प्रोसेसरका साथमा १ जीबीको यामसहित आउँछ । क्यामराका लागि, ब्लेज एनमा ८ मेगापिक्सेलको रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । स्टोरेज र कनेक्टिभिटीतर्फ, ब्लेज एन ओमेगा ३ को जस्तै फिचरहरु छन् । ब्लेज एन स्मार्टफोन बजार मूल्य ७ हजार ३ सय ४९ तोकिएको छ ।

दूबै स्मार्टफोनहरु गूगलद्वारा प्रमाणित एन्ड्रोइड प्रणाली उपलब्ध छ । कम्पनीका अनुसार फोनहरु देशभरि नै उपलब्ध छन् । सिजी मोबाइल्सका देशभर सर्भिस सेन्टरहरु रहेका छन् ।


क्लिकमान्डु