एक्साइड ब्याट्रीको पूर्वि क्षेत्रीय डिलर मिट २०१७/१८ सम्पन्न



काठमाडौं । सिप्रदी ट्रेडिङ्ग अन्तर्गत एक्साइड ब्याट्रीले आफ्ना डिलरहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । जस अन्र्तगत पूर्वि क्षेत्रका डिलरहरुलाई भेला गरी एक्साइड ब्याट्रीले पूर्वि क्षेत्रीय डिलर मिट २०१७/१८ को आयोजना गरेको थियो ।

सो कार्यक्रममा आफ्नो उत्कृष्ट प्रतिफल दिने डिलरहरुलाई क्रमशः डाइमण्ड, प्लाटिनम र गोल्डेन डिलरको उपाधिले सम्मानित गरिएको थियो । जसमा नेशनल इन्टरप्राइजेज, इटहरीलाई डाइमण्ड डिलरको उपाधि प्रदान गरिएको थियो भने टायर सेन्टर, बिराटनगरलाई प्लाटिनम डिलरको उपाधि प्रदान गरिएको थियो र गोल्डेन डिलरको उपाधि राम कृष्ण इलेक्ट्रो पावर, झुम्कालाई प्रदान गरिएको थियो ।

साथै नयाँ विधामा मोष्ट सर्भिस इफिसेन्ट डिलरको उपाधि फातिमा ब्याट्री ट्रेडर्स, धरान र आकर्षक शोरुमको उपाधि नेशनल इन्टरप्राइजेज, इटहरीलाई प्रदान गरिएको थियो ।

कम्पनीका महा–प्रबन्धक सुरेश कुमार तिवारीले डिलरहरुको उत्सुकतालाई देखेर यस्ता कार्यक्रम आगामी दिनहरुमा पनि देशका विभिन्न शहरहरुमा समेत आयोजना गरिने बताए ।


क्लिकमान्डु