अर्थमन्त्री खतिवडाको पहिलो निर्णयः बैशाख १ देखि सरकारी खर्च र आम्दानी विद्युतीय भुक्तानीबाट



काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले अर्थमन्त्रालयमा पदबहाली गर्दै पहिलो निर्णय सरकारको आम्दानी र खर्च विद्युतीय प्रणालीबाट गर्ने निर्णय गरेका छन् ।

अर्थमन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले बैशाखदेखि सरकारी भुक्तानीमा विद्युतीय प्रणाली लागु हुने बताए ।

अर्थमन्त्रालयका अनुसार सरकारले भुक्तानीमा दिने रकम र राजस्व संकलन गर्दा विद्युतीय प्रणाली अपनाउने छ ।

अर्थमन्त्रालयका प्रवक्ता पोखरेलले यसले वित्तीय रुपमा पारदर्शीता निम्ताउने बताए ।


क्लिकमान्डु