सहयोगी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा विनय रिजाल नियुक्त



काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा विनय रिजाल नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । एमबीए सम्मको अध्ययन गरेका रिजाल यस अघि सिभिल बैंकको क्रेडिट एड्मिनिस्ट्रेशन विभाग (सिएडी) को प्रमुख पदमा कार्यरत थिए ।

विशेषगरी बाणिज्य बैंकहरुमा उनले आफ्नो कार्यअनुभव हासिल गरेका छन् । सिभिल बैंकको अतिरिक्त उनले एनबी बैंकमा लामो समय काम गरेको अनुभव छ । ती बैंकहरुको विभिन्न विभागहरुको उच्च तहमा रहेर उनले काम गरिसकेका छन् ।

बैंक व्यवस्थान, सञ्चालन सम्बन्धि विभिन्न किसिमका तालिमहरु समेत लिएका प्रमुख कार्यकारी अधिकृत रिजालले बैंक वित्तीय क्षेत्रमा २० बर्षे अनुभव बटुलेका छन् ।

बैंकिङ क्षेत्रको आफ्नो विगतको अनुभवलाई बैंकको हित र प्रगतिका लागि प्रयोग गर्ने उनले बताए ।

‘बैंकको ख्यातिलाई थप उचाईमा पु¥याउँदै ग्राहक, सेयरधनीको हित र उन्नतीमा आफ्नो जोड रहनेछ,’ प्रमुख कार्यकारी अधिकृत रिजालले भने ।

सहयोगी विकास बैंकको मूख्य कार्यालय २ नं. प्रदेशको राजधानी जनकपुरमा रहेको छ । सहयोगीले विभिन्न स्थानमा ८ वटा शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले चाँडैनै ४ वटा शाखा विस्तार गर्न लागेको जानकारी दिएको छ ।

बैंकमा हाल ६५ हजार ग्राहकहरु रहेका छन् । सेयर पूँजी ५० करोड ९६ लाख रुपैयाँ रहेको बैंकले हालसम्म ३ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन, २ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकमा १० करोड ५३ लाख संचिति कोष रहेको छ । तीन जिल्ले कार्यक्षेत्र रहेको बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ख’ बर्गको वित्तीय संस्था हो ।


क्लिकमान्डु