रेन वाटर हार्भेस्टेङ प्रणाली टिचिङ हस्पिटलमा जडान



काठमाडौं । बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टेङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) कार्यक्रम स्मार्ट पानी प्रालिले बोटलर्स नेपालको सहयोगमा यो योजनालाई त्रिभुबन युनिर्भसिटि टिचिङ हस्पिटलमा हस्तान्तरण गरेको छ । सो हस्तान्तरण फागुन १४ गते त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटलमा एक कार्यक्रमका बीच भएको हो ।

कार्यक्रममा त्रिभुवन युनिर्भसिटी टिचिङ हस्पिटलका निर्देशक प्रोफेसर डा दिपक प्रकाश महराले यो सिस्टमले अस्पतालको क्षमता वृद्धिमा निकै सहयोग पुग्ने बताए ।

‘८ वटा रेन वाटर हार्भेस्टिङ र ग्राउन्ड वाटर रिचार्ज सिस्टम त्रिभुवन युनिर्भसिटि टिचिङ हस्पिटलसँग कोकाकोलाको सहकार्यमा संचालन गर्न पाउँदा निकै खुसी छौं । धेरै संस्थाहरुले यो प्रविधिलाई कार्यन्वयनमा लैजानु महत्वपूर्ण भइसकेको छ । जसले संस्था र समुदायहरुलाई बर्षदको पानी संकलन गर्ने योजनामा ठुलो सहयोग पुग्ने छ,’  स्मार्ट पानी प्रालिका प्रबन्ध निर्देशक सुमन शाक्यले भने ।

‘देशकै मुख्य स्वास्थ्य सेवा दिने स्थानमा पहिलो रेन हार्भेसटिङ र ग्राउन्ड वाटर रिचार्ज सिस्टमको एक हिस्सा बन्न पायौ । मलाई विस्वास छ, अन्य यस्तै संस्थाहरुको लागि यो एक उदारणिय योजना बन्ने छ,’ बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सने भने ।


क्लिकमान्डु