उद्यमशिलता बढाउन तालिम दिँदै सरकार



काठमाडौं । के तपाई उद्यमी बन्न चाहानुहुन्छ ? सरकारले सीप सिकेर उद्यमी बन्न चाहनेका लागि तालिम दिने भएको छ । घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र, त्रिपुरेश्वर बेसीकदेखि एडभान्स तालिम दिने भएको हो ।

केन्द्रले एडभान्स तालिममा प्याट्रन–सिलाई–कटाई र फेसन डिजाईनको तालिम दिनेछ । प्याट्रन–सिलाई– कटाईका लागि ३ महिनाको बेसिक तालिम लिएका र फेसन डिजाईनका लागि ६ महिनाको तालिम लिएकाले आवेदन दिन सक्नेछन् ।

साथै, वेसिक कोर्समा १७ वटा विद्यामा तालिममा दिइने छ । वेसिक कोर्सका लागि साधारण लेखपढ गर्न जान्नेले पनि तालिक लिन सक्नेछन् ।

प्याट्रन सिलाई कटाई, हाते ईम्ब्रोइडरी, मेसिन ईम्ब्रोईडरी, मखमल ढाका जुक्त चप्पल, ह्वील थ्रोइङ (माटोको भाडा बनाउने) रबर मोल्डीङ र रेजीनका वस्तु उत्पादन गर्ने तालिमका लागि साधारण लेखपढ गर्ने जान्नेले आवेदन दिन सक्नेछन् । सो तालिम ३ महिनाको हुनेछ ।

मोबाइल मर्मत, मोटरसाइकल मर्मत, प्लम्बिङ्ग, हाउस व्यारिङ गर्ने तालिमका लागि १० कक्षा उर्तिणले आवेदन दिन सक्नेछन् । तालिमको अवधि ३ महिनाको हुनेछ ।

स्टोन वयर र ग्लेज मेकिङ्ग, क्रिष्टल सामाग्री उत्पादन, हाते कागज र फेल्ड उत्पादन, कागज वस्तु र स्किन प्रिन्ट तथा डल बनाउने तालिमका लागि साधारण लेखपढ गर्न जान्नेले आवेदन दिन सक्नेछन् ।

बेकरी १५ दिन र खाद्य प्रशोधन १० दिनको तालिम हुनेछ । सो तालिम साधारण लेखपढ गर्न जान्नेले लिन सक्नेछन् ।

तालिममा सहभागी हुन चाहनेले फागुन २८ गतेभित्रमा केन्द्रबाट निःशुल्क वितरण हुने आवेदन फाराममा १० रुपैयाँको हुलाक टिकट टाँसी घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र, त्रिपुरेश्वर काठमाडौंमा बुझाउनु पर्नेछ ।


क्लिकमान्डु