नेपाल इन्भेष्टमेण्ट बैंकले स्थापनाकालको ३२औं वर्ष पुरा गर्यो



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले स्थापनाकालको ३२औं वर्ष पूरा गरेको छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको  बैंकको ६३ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको बैंकले जानकारी दिएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आ.व. २०७३–७४ मा ५ अर्ब २४ करोड रुपैयाँको सञ्चालन मुनाफा (सम्भावित नोक्सानी व्यवस्था अगाडिको) कमाएको थियो भने बैंकको खुद नाफा ३ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । साथै सो आर्थिक वर्षको अन्त्यमा बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड रुपैयाँका भन्दा बढी भइ निजी बैंकहरू मध्ये सर्वाधिक चुक्ता पूँजी भएको बैक बनेको छ भने २०७३–७४ को अन्त्यमा बैंकको शेयरधनी कोष १८ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ सय ३० अर्ब रुपैयाँका निक्षेप संकलन गरी १ सय १४ अर्ब रुपैयाँका कर्जा लगानी गरेको छ ।

यस अवधिसम्ममा बैंकले १ अर्ब ८३ करोड रुपैयाँका खुद नाफा गर्न सफल भएको छ । दोस्रो त्रैमाससम्ममा बैंकको पूँजी पर्याप्तता अनुपात १३.०७ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई १.१२ प्रतिशतमा सिमित रहेको छ । साथै बैंकले यसै आर्थिक वर्षमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको जानकारी दिएको छ ।


क्लिकमान्डु