नारायणगढ–मुग्लिन सडक खण्डको सास्ती ३ महिना थपिने



 

काठमाडौं । राजधानीलाई पूर्व–पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन खडक खण्डको सास्ती ३ महिना थपिने भएको छ । सडक विस्तारको जिम्मा लिएका कम्पनीहरुले समयमा काम पूरा गर्न नसकेपछि नारायणगढ–मुग्लिन सडक खण्डको म्याद ३ महिना थपिन लागेको हो ।

यसअघि ३ पटकसम्म नारायणगढ–मुग्लिन सडक खण्ड विस्तारका लागि समय थप गरिए पनि ७५ प्रतिशत मात्र काम सम्पन्न हुन सकेको छ । सन् २०१५ अप्रिलमा २ बर्षभित्रमा सडक विस्तारको काम सक्नेगरी ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । तेश्रो पटक थप गरिएको समयको म्याद पनि फागुनको पहिलो हप्ता समाप्त भईसकेको छ ।

‘ठेकेदार कम्पनीहरुले काम नसकिनुको जायज माग सहित सडक विस्तारका लागि थप समय माग गरेका छन्, सडक विस्तारको क्रममा कुनै स्थानमा सडकको चौडाई बढाउनु पर्ने र केहि स्थानमा पर्खाल निर्माण गर्नु पर्ने विवरणसहित म्याद थप्न माग गरेका छन्,’ प्रमुख यादवले क्लिकमाण्डूसँग भने ।

सडक विस्तारको काम सम्पन्न हुन नसकेकाले चौथो पटक म्याद थप्ने तयारी गरेको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।

‘ठेकेदार कम्पनीहरुले काम नसकिनुको जायज माग सहित सडक विस्तारका लागि थप समय माग गरेका छन्, सडक विस्तारको क्रममा कुनै स्थानमा सडकको चौडाई बढाउनु पर्ने र केहि स्थानमा पर्खाल निर्माण गर्नु पर्ने विवरणसहित म्याद थप्न माग गरेका छन्,’ प्रमुख यादवले क्लिकमाण्डूसँग भने ।

उनीहरुको माग सम्बोधन हुनेगरी ३ महिनासम्मको म्याद थप गर्नका लागि सडक विभागलाई पत्र पठाइएको योजनाले जानकारी दिएको छ ।

भरतपुरको आँपटारीदेखि मुग्लिनसम्मको ३३ किलोमिटर सडक विस्तारको काम भईरहेको छ । आँपटारीदेखि दासढुंगा, दासढुंगादेखि सिमलताल र सिममलतादेखि मुग्लिनसम्म ३ कम्पनीले सडक विस्तारको काम गरिरहेका छन् ।


क्लिकमान्डु