नेपाल लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

कम्पनीको संचालक समितिको बैठकले अहिलेको चुक्ता पुँजीमा ४२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

कम्पनीले २८ रुपैयाँ नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ ।

अहिले नेपाल लाइफको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ छ । जीवन बीमा कम्पनीमा सबैभन्दा बढी चुक्ता पुँजी भएको कम्पनी नेपाल लाइफ हो ।


क्लिकमान्डु