गाउँपालिका अध्यक्षले मागे आफ्नै पार्टीको केन्द्रीय नेताको कम्पनीसँग गैरकानुनी कर (पत्रसहित)




काठमाडौं । स्थानीय निकायले के कति मात्रामा कुन क्षेत्रमा कर लगाउने भन्ने विषयमा हालसम्म कानुन बन्न सकेको छैन । संघीय कानुन अनुसार स्थानीय तहले कर लगाउन सक्छ । तर, पछिल्ला दिनमा उनीहरुले आफूखुसी कर लगाएको भन्दै ऊर्जा उद्यमीले आपत्ति जनाएका छन् ।

ऊर्जा उद्यमीले रोयल्टी वापत हरेक वर्ष कुल आम्दानीको १० प्रतिशत कर बुझाउने गरेका छन् । यस्तै १५ प्रतिशत आयकर तिर्ने गरेका छन् । उनीहरुले संयुक्त रुपमा २५ प्रतिशत कर राज्यलाई बुझाउँदै आएका छन् । तर पछिल्लो दिनमा स्थानीय तहले मनलाग्दी रुपमा ऊर्जा उद्यमीमाथि थप कर लगाउन थालेपछि व्यावसायीले आपत्ति जनाएका हुन् ।

दोलखाको शैलुङ गाँपालिकाले नेपाल हाइड्रो डेभलपरलाई वार्षिक १० लाख रुपैयाँ कर तिर्न भन्दै पत्र काटेपछि यो विषय सतहमा आएको छ । सो कम्पनीले दोलखामा चर्नावती जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

गाँउसभाको निर्णयअनुसार सो आयोजनाबाट वार्षिक १० लाख जलविद्युत् कर असुल गर्ने निर्णय भएको भन्दै पत्र काटिएको छ । गाँउपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले काटेको पत्रमा नेपाल बैंक लिमिटेड चरिकोटमा रहेको सञ्चित कोष खातामा रकम जम्मा गरी कर संकलन कार्यमा सहयोग गर्न भन्दै पत्र पठाइएको हो । सो गाउँपालिकाले संघीय कानुन नबन्दै आफूखुसी कर लगाउने निर्णय गरेको हो ।

उक्त आयोजनालाई गाँउपालिकाले गत माघ १८ गते पत्र काटेको हो । आयोजनाको स्थानीय कार्यालयलाई पठाइएको सो पत्र कार्यालयले आफ्नो केन्द्रीय कार्यालय काठमाडौं पठाएको छ ।

गाँउपािलकाले गरेको निर्णय शतप्रतिशत गैरकानजुनी र गलत भएको भन्दै स्वतन्त्र ऊर्जा उद्यमीहरुको संस्था (इपान) ले आपत्ति जनाएको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले कानुनी प्रक्रिया नै संस्थागत नभएको अवस्थामा गाँउपािलकाले आफूखुसी निर्णय गरेको भन्दै यस्ता कार्यले ऊर्जा क्षेत्रमा लगानी गर्ने वातावरण धुमिल हुने बताए ।

सो आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान, दोलखाका एमाले नेता आनन्द पोखरेललगायतको लगानी छ । संघीय कानुन निर्माण भएपछि आफूहरु कर तिर्न तयार भएपनि कानुन नै नबनी कर उठाउने विषय गलत भएको भन्दै व्यवासायीले आपत्ति जनाएका हुन् ।

दुलाल स्थानीय तहको गत निर्वाचनमा सो गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेको तर्फबाट बिजयी भएका थिए । पोखरेल एमालेका राष्ट्रियस्तरका नेता हुन् ।


क्लिकमान्डु