स्टीभ जब्सको बायो डाटा ५० लाखमा लिलामी हुने



एप्पल कम्पनीका संस्थापक स्टीभ जब्सको बायो डाटा ५० हजार अमेरिकी डलरमा लिलामी हुने भएको छ ।

जब्सले सन् १९७३ मा जागिर खानको लागि निर्माण गरेको बायोडाटा लिलामी हुन लागेको हो । यसमा ५० हजार अमेरिकी डलरको बोली लागेको बताइएको छ ।

नेपाली रुपैयाँमा रुपान्तरण गर्दा यो रकम ५० लाख भन्दा बढी हुन आउँछ ।
उनले आफुले प्रविधि र डिजाइनको क्षेत्रमा काम गर्ने इच्छा बायोडाटामा जनाएका थिए ।

सन् २०११ मा स्टीभ जब्सको क्यान्सरको कारण मृत्यु भएको थियो । ऐजेन्सी


क्लिकमान्डु