सरकारी जागिरमा आकर्षक सुविधा हुने राष्ट्र बैंकमा खुल्यो १५१ जनालाई जागिर



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा १५१ जनाको आवेदन माग गरेको छ ।

राष्ट्र बैंकले अधिकृत स्तरको सहायक निर्देशकको लागि ४५ जना, सहायक द्धितीय स्तरको सहायक पदको लागि ९६ जना र सहायक द्धितीय स्तरको सूचना प्रविधिको लागि सहायक पदमा १० जनाको आवेदन मागेको हो ।

सहायक निर्देशक पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन वा जनप्रशासनमा स्नातकोत्तर गरेको हुनु पर्ने जनाएको छ।

त्यस्तै सहायक द्धितिय पदकालागि प्लस टु वा सो सरह पास गरेको हुनुपर्ने छ भने सूचना प्रविधिक पदको लागि कम्युटर इन्जिनियरिङमा तीन वर्षे डिप्लोमा गरेको हुनु पर्नेछ।

राष्ट्र बैंकले मागेको आवेदन राष्ट्र बैंकको वेवसाइटमा गएर भर्नुपर्ने जनाएको छ । आवेदन चैत १ सम्म दिनुपर्ने छ ।


क्लिकमान्डु