प्रचण्डकी बुहारी बिना मगर बन्लिन् त मन्त्री ? यस्तो छ तयारी



काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा मनत्री छान्न नेकपा (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई जिम्मा दिएको छ । मन्त्रीको आकाक्षी बढी भएपछि बिहिबार बसेको माओवादीको केन्द्रीय कार्यालय बैठकले नसकेपछि तीन नेतालाई जिम्मा दिइएको हो ।

मन्त्रीमा विभिन्न नेताको नाम आइरहेको बेला कञ्चनपुरबाट निर्वाचित बिना मगरको नाम पनि चर्चामा आएको छ । मगर प्रचण्डका बुहारी हुन् । उनी प्रचण्डपुत्र प्रकाशका तेस्री पत्नी समेत हुन् । प्रकाशको केही समय पहिले ह्दयघातका कारण निधन भएको थियो ।

बिनालाई मन्त्री बनाउन प्रदेश नं ७ का इन्चार्ज समेत रहेका माओवादी नेता लेखराज भट्टले पनि प्रदेश समितिबाट सिफारिश ल्याएका छन् । बिनालाई मन्त्री बनाउँदा उपयुक्त हुने धारणा पनि पछिल्लो दिनमा आएका छन् । उनी मन्त्री होलिन् कि नहोलिन् भन्ने निर्णय भने उनको ससुराको हातमा रहेको छ ।

बिनालाई मन्त्री बनाउँदा बुहारीलाई मन्त्री बनाएको आरोप त लाग्ने नै छ । प्रदेशसरकारमा कञ्चनपुरबाट कुनै पनि मन्त्री नबनको सन्दभृमा उनलाई मन्त्री बनाउने कुरा कञ्चनपुरका लागि भने ग्राह्य नै हुने देखिने माओवादीका नेताहरुले बताएका छन् ।

प्रतिनिधिसभाको गत मंसिरमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित महिला मध्ये सबैभन्दा बढी मत ल्याएर उनी निर्वाचित भएकी थिइन् । बिनालाई मन्त्री बनाएर एउटा महत्वपूर्ण जिम्मेवारी दिदा उपयुक्त हुने धारणा सार्वजनिक भएको र कञ्चनपुरले मन्त्री पाउनुपर्ने भन्ने माग पनि सतहमा आएको सन्र्दभमा उनको सिंहदरबारको यात्रा भने सहज नै देखिन्छ ।

तर बुहारीलाई मन्त्री बनाउने वा नबनाउने भन्नेमा भने प्रचण्डले कुनै निर्णय नगरिसकेको बताइन्छ । यद्यपी प्रदेश समितिले मन्त्रीका लागि सिफारिश गरेका कारण बिनाको मन्त्री बन्ने सम्भावना भने बढी रहेको बताइन्छ । यस विषयमा जान्न खोज्दा अध्यक्ष प्रचण्डको सचिवालयले कुनै प्रतिक्रिया दिन चाहेन ।


पुष्प दुलाल