तरकारी किन्न सबै प्रदेशले एउटा नाका पाउने



काठमाडौं । तरकारी खरिद गर्नका लागि सबै प्रदेशले एउटा नाका पाउने भएको छन् । तरकारी, फलफूल, बिउ बिजन र पशुपंशी आयात गर्न पाउनेगरी हरेक प्रदेशमा कम्तीमा एउटा नाका तोक्ने तयारी गरिएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ ।

कृषि विकास मन्त्रालय र पशुपंक्षी विकास मन्त्रालयको संयोजकत्वमा प्रत्यक प्रदेशमा तरकारी, फलफूल, बिउ बिजन र पशुपंशी आयात गर्न पाउनेगरी नाका तोक्ने भएको हो ।

सरकारले मानव, पशुपंक्षी र वनस्पति स्वास्थ्यमा विपादीबाट पर्न सक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्ने उद्देश्यले नाका तोक्ने तयारी गरिएको मन्त्रालयले जारी गरेको प्रश विज्ञप्तीमा उल्लेख छ ।

यसरी नाका तोक्दा सोका लागि अत्यावश्यक पूर्वाधार, जनशक्ति र परीक्षणमा लाग्ने समयलाई ध्यान दिई प्रविधियुक्त नाकाको व्यवस्था गर्ने बताइएको छ ।

साथै, नेपालमा उत्पादन हुने एवम् आयात हुने तरकारी र फलफूलमा प्रयुक्त विषादीको म्याक्सिम् रेसिडुल लिमिट (एमआरएल) तोक्न र लागू गर्न कृषि विकास मन्त्रालयले आवश्यक पहल गर्ने पनि जानकारी गराइएको छ ।

नेपालमा उत्पादित वा आयात हुने तरकारी तथा फलफूलमा गुड एगरिकल्चर प्याकट्रिस (जीपीए) र इन्टिग्रेटेड पेष्ट म्यानेटमेन्ट (आइपीएम) प्रणालीको अभ्यासलाई प्रबद्र्धन गर्दै प्रमाणीकरण गनै विद्यमान व्यवस्थामा सुधार ल्याउन कृषि विकास मन्त्रालयले आवश्यक पहल गर्ने जानकारी दिइएको छ ।

तोकिएको मात्रा भन्दा बढीका विषादीयुक्त तरकारी एवम् फलफूलको उपभोग र आयातलाई निरुत्साहित गर्न सम्बन्धित निकायहरुबाट यस्ता वस्तुहरु जफत गर्ने, नियन्त्रण गर्ने कार्यमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र भन्सार प्रशासनबाट आवश्यक समन्वय र सहयोग उपलब्ध गराउने जानकारी दिइको छ ।


क्लिकमान्डु