घरजग्गा कर्जामा राष्ट्र बैंक झन् कठोर, काठमाडौं उपत्यकाका लागि गर्यो यस्तो कडाइ




काठमाडौं । जग्गा धितो राखेर रियल स्टेट ऋण लिन खोज्दै हुनुहुन्छ भने तपाइको जग्गा धितो राखेर पाइने ऋण कम हुने भएको छ ।

यसअघि जग्गा मूल्यांकनको ५० प्रतिशतसम्म ऋण पाइने भएपनि अबदेखि त्यस्तो मूल्यांकनको ४० प्रतिशत मात्रै ऋण पाइने भएको हो । अर्थात यसअघि १ लाख रुपैयाँ मूल्यांकन भएको जग्गा धितो राखेर ५० हजार रुपैयाँसम्म ऋण पाइन्थ्यो भने अबदेखि ४० हजार रुपैयाँ मात्रै ऋण पाइने भएको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा गर्दै रियल स्टेट ऋणमा थप कडाइ गरेको हो । यस्तो कडाइ काठमाडौं उपत्यका भित्रको रियल स्टेट ऋणको लागि मात्रै हो ।

देश संघीय संरचनामा गएपछि काठमाडौं उपत्यका बाहिरको विकासलाई प्रोत्साहित गर्न यस्तो ब्यवस्था गरिएको राष्ट्र बैंकको भनाइ छ ।

 

‘विकेन्द्रित विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौं उपत्यकाभित्र रियल स्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात (एलटीभी रेसियो) हालको ५० प्रतिशतबाट ४० प्रतिशत कायम गरी अन्य स्थानका हकमा साविकको ५० प्रतिशतसम्मको अनुपातलाई निरन्तरता दिइएको छ,’ राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा मार्फत गरिएको नीतिगत परिवर्तनमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु