यी हुन् भारतीय बजारमा आउन लागेका १० स्पोर्टी कार, यस्ता छन् विशेषता



काठमाडौं । भारतीय बजारमा स्पोर्टी कारको माग बढ्दो छ । चाँडै यस्ता कार मार्केटमा सहज रुपमा पाइन पनि थालेको छ । भारतीय बजारमा १० स्पोर्टी कार सार्वजनिक हुँदै छन् । ती दश कारका विषेशता यस्ता छन् ।

टाटा टिगोर जेटीपी

टाटाले यो कारलाई अटो एक्पोमा प्रदर्शन गरेको थियो । टाटा टाइगर जेटीपी भारतीय बजारमा सबैभन्दा सस्तो सेडान हो । यसमा नयाँ एयर डम्स, एयर स्कुप्स, नयाँ स्मोक्ड हेडल्याप्म राखिएको छ । यो कार १.२ लिटर टर्वोचाज्र्ड इन्जिनमा उपलव्ध हुनेछ, जुन इन्जिन नेक्सानमा छ । यो वर्षको अप्रिलमा यो कार सार्वजनिक हुनसक्ने बताइएको छ ।

टाटा टियागो जेटीपी

टाटाले पहिले नै टाटा टियागोको हट भर्जन आउने घोषणा गरेको थियो । टियागो जेटीपीलाई टाटाले २०१८ अटो एक्सपोमा समेत शो गरेको थियो । स्मोक्ड हेडल्याम्स, बोनट स्कूप्स, बडी किट र रियर डिपयुजर यसका केही प्रमुख फिचर्स हुन् । यो कार १.२ लिटर रेवोट्रन पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ । अप्रिलसम्म यो कार सार्वजनिक हुन सक्नेछ ।

मारुती स्वीफ्ट स्पोर्ट

मारुतीले हालै स्विफ्टको नयाँ थर्ड जेनेरेशनको कार भारतीय बजारमा लन्च गरेको छ । बेलेनो आरएसपछि मारुतीले यो कारबाट निकै अपेक्षा राखेको बताइएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा पहिले नै यो कार सार्वजनिक भएको छ । अब यसको बजारमा डेलिभरी पनि चाँडै हुने बताइएको छ । यो वर्षको मध्यसम्म यो कार सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ ।

फोर्ड इकोस्पोर्ट एस

फोर्डले यो भन्दा पहिले नै बैज वेरिएन्ट, फिगो र अस्पायर भारतीय बजारमा लन्च गरिसकेको छ । अब फोर्डले इकोस्पोर्ट एसयूभीलाई लन्च गर्ने तयारी गरेको छ । यो कम्पनीको लोकप्रिय कम्प्याक्ट एसयूभी हो । नयाँ मोडल पेट्रोल र डिजेल दुवै इन्जिनमा सार्वजनिक गरिने भएको छ । यो वर्षको मध्यसम्म यो कार सार्वजनिक भइसक्नेछ ।

महिन्द्रा एस २०१

महिन्द्राको यो नयाँ ४ मिटर कम्प्याक्ट यसयूभी भारतीय बजारमा दोस्रो पर्फर्मेन्स यसयुभी हो । यो साङयोङ टीभोलीमा आधारित छ । अन्तर्राष्ट्रिय बजारमा यसलाई एस २०१ कोडनेमबाट बेचिन्छ । नयाँ एसयूभीको प्रतिस्पर्धा भारतमा फोर्ड इकोस्पोर्ट र मारूती विटारा ब्रेजासँग हुनेछ । यो गाडी भारतमै बनिरहेको बताइएको छ । अक्टोबरसम्म यो कार सार्वजनिक हुनेछ ।

मारुती भिटारा ब्रेजा पेट्रोल

मारूती ब्रेजा भारतमा सबैभन्दा बढी बिक्ने यसयूभी हो । अब यसको पेट्रोल मोडल पनि भारतमा लन्च हुने बताएको छ । यो कार अहिलेसम्म डिजेल इन्जिन र मेन्युअल ट्रान्समिनशमा मात्र सार्वजनिक गरिएको छ । यो कार मार्चमा सार्वजनिक हुनसक्ने बताइएको छ ।

जीप कम्पस ट्रेलहक

जीप कम्पस पहिलेदेखि नै रुचाइएको ब्रान्ड हो । अमेरिकी कम्पनी जीपले नयाँ मोडल सार्वजनिक गर्ने तयारीमा छ । नयाँ मोडलमा २.० लिटर टर्बोचाज्र्ड इन्जिन हुनेछ । यो इन्जिनमा ९ स्पीड अटोमेटिक गियरबक्स समावेश हुनेछ । यो कारलाई मार्चमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

फोर्स गुर्खा

फोर्सले गुर्खालाई गत वर्ष फिचरमा केही परिवर्तन गरेर नयाँ लुक्समा सार्वजनिक गरेको थियो । यो एसयूभीमा २.६ लिटर टर्बोचाज्र्ड डिजेल इन्जिन छ । अब फोर्सले २.२ लिटर इन्जिनका साथ यसलाई सार्वजनिक गर्ने तयारी गरेको छ । २०१८ को मध्यसम्म यो कार सार्वजनिक हुनेछ ।

फोर्ड फिगो एस

फोर्ड फिगोको फेसलिफ्ट मोडल यही वर्ष लन्च हुन सक्नेछ । अन्तर्रा्ष्ट्रिय बजारमा यो पहिलेदेखि नै उपलव्ध छ । यसलाई भारतमा परीक्षणसमेत गरिएको छ । यसमा नयाँ फ्रन्ट ग्रिल, नयाँ बम्पर र अपडेटेड हेडल्याप्स समावेश हुनेछ । यसमा एसवाइएनसी २ इन्फोटेनमेन्ट सिस्टम समेत हुनेछ । यो कार २०१८ को अन्त्यसम्म सार्वजनिक हुनेछ ।

फोर्ड फिगो एस्पायर एस

फोर्ड फिगो एस्पायर सेडान फिगो एसमा आधारित छ । यसमा रेगुलर मोडलमा भएका फिचर्समा केही परिवर्तन गरिएको छ । यो कार यो वर्षभित्र सर्वाजनिक भइसक्ने बताइएको छ ।


पुष्प दुलाल