रिलायबल नेपाल लाईफ इन्स्योरेन्स र आइसीएफसी फाइनान्सबीच बैंकान्सुरेन्स सम्झौता



काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स र आइसीएफसी फाइनान्सबीच बैंकान्सुरेन्स सम्झौता भएको छ । बैंक र फाइनान्सबीच बुधबार बैंकान्सुरेन्स सम्झौता सम्पन्न भएको हो ।

सो सम्झौता पत्रमा फाइनान्सको  प्रमुख कार्यकारी अधिकृत रामबाबु पन्त तथा इन्स्योरेन्सको  प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका छन् ।

इन्स्योरेन्सले हालसम्म विभिन्न ९ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ । लक्ष्य प्राप्तीको लागि इन्स्योरेन्सले फाइनान्स मार्पmत आफ्ना जीबन बीमालेखहरु बिक्री गर्नुका साथै फाइनान्सको शाखा संजाल प्रयोग गरि देशको कुना कुनामा बीमाको पहुचं बिस्तार गर्ने विश्वास लिएको छ ।


क्लिकमान्डु