एनआईसी एशिया बैंकले खोल्यो रुपन्देहीको खैरेनीमा नयाँ शाखा



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा देवदह नपा ५, खैरेनीमा खोलेको छ । उक्त शाखाको शुभारम्भ देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले गरेका थिए ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमाएनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । खैरेनीशाखाको समुद्घाटनसँगै हाल यस बैंकको १७९शाखा कार्यालयहरु र १७२ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टरबाट ग्राहकले बैंकिङ सुविधा पाईरहेको बैंकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

बैंकले हरेक सम्भावितबजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।


क्लिकमान्डु