केएल टावरमा अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्न पाइने
काठमाडौं । नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्न पाइने भएको छ । काठमाण्डौंको चाबहिलमा रहेको केएल मोबाइल हबले मोबाइल मेलामा अहिलेसम्मकै सस्तो मूल्यमा सेवाग्राहीलाई मोबाइल उपलब्ध गराउने भएको हो ।
फागुन १ देखि मोबाइल हबमा मोबाइल मेला सञ्चालन भैरहेको छ । मोबाइल मेलामा मोबाइल किन्नेलाई अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल बिक्री गर्ने व्यवस्था मिलाइएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।
‘हामीले अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्ने मौका दिएका छौं । यसबाट मोबाइल खरिद गर्न चाहने धेरैभन्दा धेरै सेवाग्राहीले फाइदा लिनुहुनेछ भन्ने विश्वास मोबाइल हबले लिएको छ,’ ग्लाइडरले भने ।
मेलामा मोबाइल किन्नेहरुको चाप बढेपछि धेरैभन्दा धेरै जनालाई यो योजनामा सहभागी गराउने लक्ष्य मोबाइल हबले लिएको छ । सस्तोमा मोबाइल किनेपछि पनि हातखाली नजाने उपहार योजनाबाट सेवाग्राहीले दोहोरो फाइदालिन सक्नेछन् ।
मेला अवधिमा राखिएका विभिन्न किसिमका दोहोरो अफरका साथै अधिक सस्तोमा मोबाइल खरिद गर्न पाउने भएकाले उपभोक्ताको पनि अधिक चाप देखिएको छ ।
एउटा मोबाइल किन्दाअर्को एउटा मोबाइल सित्तैमा दिने अफर सहित केएल मोबाइल हबले सञ्चालन गरिरहेको मेलामाखेल खेलेर मोबाइल जित्नुका साथै फोटो कन्ट्स्टमा फोटो खिचाएर पनि मोबाइल जित्न सक्ने अफरहरु छन् ।
केएल टावरको भुइँ तल्लामा उपहार योजनामा सहभागि गराउन खेलाइएको गल्फ खेल मोबाइल मेलाको आकर्षण बनेको छ । गल्फखेलेर धेरै स्कोर गर्नेले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाउने व्यवस्था मोबाइल हबले मिलाएको छ ।
साथै मोबाइल हवले मेला अवधिभरी फोटो कन्टेस्ट पनि सञ्चालन गरिरहेको छ । यो योजनामा सहभागि भएर फोटो खिचाएका ग्राहकहरुले मोबाइल हबको फेसबुक पेजमा धेरै लाइक र कमेण्ट पाएका आधारमा ओप्पो एफ ५ र भिभोको भि ७ मोबाइल पाउने छन् ।
यसका साथै पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफरका कारण मोबाइल मेलामा ग्राहकको उपस्थिति बाक्लो भएको मोबाइल हबका निर्देशक संगम राई बताउँछन् । धेरै ग्राहकलाई केएल मोबाइल हबले सुपथ मूल्यमा मोबाइल उपलब्ध गराउन दोहोरो अफरका साथै सस्तो मूल्यमा मोबाइल उपलब्ध गराइएको राईको भनाई छ ।
हरेक मोबाइलको खरिदमा हातखाली नजाने एक्सक्लुसिभ अफरसहित अफर भित्र पनि अफर नाम दिइएको मोबाइल मेला फेब्रुअरी २८ सम्म सञ्चालनहुनेछ ।
विश्व बजारमा पाइने २५ भन्दाबढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्ध छन् ।