आयोगका उपाध्यक्ष  स्वर्णिम वाग्लेको राजीनामा स्वीकृत 



काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेलाई विगतमा गरेका कामप्रति धन्यवाद दिँदै उनको राजीनामा स्वीकृत गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको आजको बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकले आयोगका उपाध्यक्ष वाग्लेलाई उनले सो पदमा रही गरेका कामप्रति धन्यवाद दिँदै राजीनामा स्वीकृत गरेको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओलीसहित जनसङ्ख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित र महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापा उपस्थित थिए । रासस


क्लिकमान्डु