अख्तियारद्धारा २ जना बिरुद्ध मुद्दा दायर, को को परे ?



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कारागार कार्यालय सप्तरीका कार्यालय प्रमुख (जेलर) कृष्णबहादुर दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार जेलमा रहेका कैदीबन्दीलाई स्थानान्तरण गरिदिन भनी घुस मागेको अभियोगमा जेलर दाहाललाई केही दिन पहिले ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको थियो ।

जेलर दाहाललाई बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले आजै जिल्ला प्रहरी कार्यालय, म्याग्दीअन्तर्गत प्रहरी चौकी पाखापानीमा कार्यरत प्रहरी हवल्दार कुलबहादुर विसीलाई १ लाख ६० हजार घुससहित पक्राउ गरेको छ ।

प्रहरी जवान पदमा भर्ना गराइदिने भनी सेवाग्राहीसँग रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले विसीलाई पक्राउ गरेको प्रवक्ता पाण्डेयले जानकारी दिए । रासस


क्लिकमान्डु