‘मुलुक निर्माणको बर्ष’ घोषणा गर्न महासंघको माग, फागुन १३ देखि आर्थिक बहस चलाउने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ सरकार आएसँगै देश आर्थिक विकासको युगमा प्रबेश गरेको भन्दै सबै प्रदेशमा विकास बहस चलाउने भएको छ ।

देशको अर्थतन्त्र निकै कमजोर रहेको बताउँदै नेपाल उद्योग बाणिज्य महासंघकी अध्यण भवानी राणाले त्यसलाई माथि उठाउन आर्थिक गतिविधिलाई सशक्त ढंगबाट अगाडि बढाउनु पर्ने बताइन् ।

नेपालको आर्थिक विकासको नेतृत्व अब निजी क्षेत्रले गर्ने बताउँदै उनले भनिन् ‘फागुन १३ गतेदेखि पोखराबाट प्रादेशीक आर्थिक बहस कार्यक्रमको सुरुवात गदैछौ ।’

उनले फागुन महिना भित्रै सबै प्रदेशमा प्रादेशीक बहस सम्पन्न गरी चैत्रको पहिलो साता काठमाडौंमा ‘राष्ट्रिय आर्थिक साझेदारी सम्मेलन’ आयोजना गर्ने तयारी भएको जानकारी दिइन् ।

विकासमा महासंघको एजेण्डा
बिक्रम सम्वत् २०७५ देखि ०८५ सम्मको अवधिलाई ‘मुलुक निर्माण दशक’ को रुपमा घोषणा गर्न सरकारसँग माग गरेको छ । मुलुक निर्माण दशक अभियानका लागि रणनीति तथा कार्यक्रम तत्काल सार्वजनिक गर्न महासंघले सरकारसँग अपिल गरेको छ ।

स्वदेशी तथा विदेशी लगानी आकर्षण गर्नका लागि तत्काल नितिगत सुनिश्चित्ता र सुरक्षाको प्रत्याभूति सहितका योजना ल्याउन र जलविद्युत लगायतका राष्ट्रिय गौरवका आयोजनाहरुका विषयमा श्वेतपत्र जारी गरी ती आयोजनाहरु निर्धारित समयभित्र सम्पन्न गर्न महासंघले सरकारसँग माग राखेको छ ।

लगानी मैत्री वातावरण निर्माण र उद्योगको प्रतिस्पर्धी क्षमता वृद्धिका लागि थप प्रोत्सान दिन सरकारसँग आग्रह गरेको छ । यस्तै दोहोरो कर नलाग्ने सुनिश्चित्ता गरियोस र नेपालमा व्यवसाय लागत निकै बढी भएकोले ‘डुइङ विजनेस कस्ट’ घटाउन राज्यका तर्फबाट विशेष नीति ल्याउनसमेत महासंघले माग राखेको छ ।

सार्वजनिक बिदा घटाउन र व्यापार घाटा कमगर्न बिषेश कदमचाल्न महासंघले माग गरेको छ ।


क्लिकमान्डु