इम्बोस्ड नम्बरप्लेट ‘नेपालीमा किन नराखेको’ भन्दै सर्बोच्च अदालतमा मुद्दा दायर



काठमाडौं । सवारी साधनको इम्बोस्ड नम्बरप्लेट नेपाली भाषामा राख्नुपर्ने माग गर्दै सर्बोच्च अदालतमा मुद्दा दायर भएको छ । भरतकुमार बस्नेतले आइतबार यस्तो रिट दर्ता गरेका हुन् ।

यातायात व्यवस्था विभागले गत भदौबाट इम्बोस्ड नम्बरप्लेट लागू गरेको थियो । नम्बरप्लेटमा अंग्रेजी भाषामात्रै उल्लेख छ ।

‘इम्बोस्ड नम्बरप्लेटमा किन देवनागरी लिपि (नेपाली) मा अक्षर र अंक नलेखिएको भन्दै बस्नेतले रिट दर्ता गरेका हुन् ।

सवारी साधनको नम्बरप्लेट अंग्रेजी भाषामा मात्रै राख्न नहुने भन्दै नागरिकस्तरबाट पनि विरोध हुँदै आएको थियो । तर, यातायात व्यवस्था विभागले सर्वसाधारणको यस्तो कुरा सुनेको थिएन ।

इम्बोस्ड नम्बरप्लेटमा चिप्स रहने र सो चिप्सले गाडी कहाँ र कस्तो अवस्थामा छ भन्ने जानकारी प्राप्त हुने विभागको दाबी छ । तर, बस्नेतले आफूले त्यस्तो सुविधा नपाएको पनि रिट निवेदनमा उल्लेख गरेका छन् ।


पुष्प दुलाल