गुगलले ल्यायो ‘जिमेल गो एप’, यस कारण ल्याईएको रहेछ



काठमाडौं । गुगलले जिमेलको नयाँ भर्सन ‘जिमेल गो’ सार्वजनिक गरेको छ । यो जिमेलको लाइट भर्सन एप हो । जुन हेर्दा जिमेल जस्तो नै देखिन्छ ।

यो एप गुगलले इन्ट्री लेवलका सस्ता स्मार्ट फोनका लागि बनाएको जनाएको छ । निकै कम प्रोसेसर भएको मोवाइलसमेत सहजै इमेल हेर्न सकिने छ । स्लो इन्टरनेटमा पनि यो एप लोड हुने छ र इमेल गर्न सकिनेछ ।

गूगलले एन्ड्रोएड गो देखि गो सिरिजका कयौँ एपहरु सार्वजनिक गरिसकेको छ । जस्तै गुगल एसिस्टेन्ट, म्यापस् गो र गुगल गो यसअघि ल्याईएका एपहरु हुन् । यी सबै एप सस्ता स्मार्ट फोनलाई लक्षित गरेर निर्माण गरिएको छ ।

जिमेल गो मुख्य जिमेलको तुलनामा थोरै स्पेस लिने गर्छ । जिमेल एप ४७ एमबी स्पेस लिने गर्यो । तर, जिमेल गोले सिर्फ २५ एमबी लिने छ ।

गूगलले ‘गूगल गो’ को लन्चको आधिकारीक एलान गरेको छैन । यो एप गुगल प्ले स्टोरमा उपलब्ध गराइएको छ ।


क्लिकमान्डु