महिला उद्यमीहरुको हस्तकला २०७४ मेला आजबाट सुरु




काठमाडौं । महिला उद्यमी हस्तकला एवं प्राकृतिक रेसाजन्य बस्तु २०७४ मेला आजबाट सुरु भएको छ । मेला काठमाडौं महानगरपालीकाकी उपप्रमुख हरीप्रभा खड्की श्रेष्ठले उद्घाटन गरेकी हुन् ।

श्रेष्ठले नेपाली महिलाहरुको सिपलाई सबैसामु ल्याउन महानगरपालिकाले सधै साथ दिने प्रतिबद्धता जनाइन् । फागुन ६ गतेसम्म चल्ने सो मेलामा १६ वटासम्म स्टलहरु राखिएका छन् । मेला बिहान ११ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने छ ।

सार्क असोसिएसन अफ होम, उमन एक्सप्रियन्स, मानुसी, नुप्से ह्यान्डी क्राफ्ट, आन्नपूर्ण ह्यान्डी क्राफ्ट, नेपाली मन उद्योग, योग स्टार महिला समुह, लक्ष्मी वुड क्राफ्ट र हक ह्यान्ड केनीट क्राफ्ट लगायतका संस्थानहरुले स्टल राखेका छन् ।

विभिन्न संस्थानहरुद्धारा राखिएको स्टलमा, काठ तथा बाख्रा सिङबाट बनेको टाक, नेपाली कागजबाट बनेका गहनाहरु, पसमिनाका कपडा, प्लास्टीकले बनेका सामागी, केराको खामबाट बनेको कोट, चकटी र फुलहरुलगायत सामागीहर प्रदर्शनीका लागि राखिएको छ ।

प्रदर्शनीका क्रममा स्टल लिएर बसेकी शान्ती श्रेष्ठले यस्ता सामाग्रीहरु नेपालमाभन्दा धेरै अन्तराष्ट्रिय बजारमा माग बढ्दो भएको बताइन् ।

अन्तराष्ट्रिय बजारमा यस्ता समाग्रीहरुको माग बढ्दो भए पनि हाल पछिल्लो समय नेपालमा पनि यस्ता सामाग्रीहरु मानिसहरुले बढी रुचाउने गरेको श्रेष्ठको भनाइ छ ।


क्लिकमान्डु